सलमानले दिए फ्यानलाई सरप्राइज, ‘हीरो’को टिकट किन्दा सलमानले दिनेछन् अटोग्राफ



Salman-khan-feat
बलीउडका सुपरस्टार सलमान खानले निर्माण गरेको चलचित्र हिरो हाल प्रदर्शनरत छ । प्रदर्शनमा आएको पहिलो दिन ६.८५ करोडको व्यापार गरेको हिरोका निर्माता सलमानले आफ्ना फ्यानलाई सरप्राइज दिएका छन् ।

Click Here to Watch Entertaining Videos
सलमानले भनेका छन्, ‘चलचित्र हिरो हेर्नुहोस् र टिकट मलाई पोष्ट गर्नुहोस् र म उक्त टिकटमा अटोग्राफ दिनेछु’ । दबंग एक्टरले ट्विटर गर्दै आफुले सय टिकटमा अटोग्राफ दिने बताएका छन् । सलमानले लेखेका छन्, ‘चलचित्र हिरो हेर्नुहोस् र टिकट मलाई पठाउनुहोस् । म सय टिकटमा आफ्ना साइन गर्नेछु जस मध्य त्यो टिकट तपाईको पनि हुन सक्नेछ’ ।

उनले उक्त टिकट पोष्ट बक्स नम्बर ९८०८ बान्द्रा (वेस्ट) पोस्ट अफिस मुम्बईमा पढाउनु आग्रह गरेका छन् । उनले ट्विटरमा उल्लेख गरे अनुसार टिकटमा आफ्ना नाम, ठेगाना र ट्विटर हैन्डल पनि लेखेर पठाउन भनेका छन् । सुरज पँचोली र अतिया शेट्टी अभिनित चलचित्र हिरोमा आदित्य पंचोली, तिग्मांशु धुलिया, शरद केलकलगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् । निखील आडबानीले निर्देशन गरेको हिरो एक लब स्टोरीको चलचित्र हो । यो चलचित्र सन १९८३ मा प्रदर्शनमा आएको हिरोको रिमेक हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu