‘नाईँ नभन्नू ल ४’ को शुभ मुहुर्त



nai-nabhannu-la-4-start
ठुलोपर्दा डटकम, काठमाण्डौ।
सोमबारबाट छायांकन सुरु हुने चलचित्र ‘नाईँ नभन्नू ल ४’ को कृष्णाष्टमीको अवसर पारेर शनिबार मैतिदेवी मन्दिरमा शुभ मुहुर्त गरिएको छ । ‘नाई नभन्नु ल’ सिरिजबाट नै सर्वाधिक चर्चामा रहेका निर्देशक एवं निर्माता विकास आचार्यले शनिबार चलचित्रको शुभ मुहुर्त गरेका हुन् ।

Click Here to Watch Entertaining Videos
त्रिकोणात्मक प्रेमकथा निर्माण हुने लागेको यस चलचित्रमा अनुभव रेग्मी, प्रियंका कार्की, पल शाह, बर्षा राउत, आँचल शर्माको मुख्य भुमिका रहनेछ । चलचित्रको शुभ मुहुर्त कार्यक्रमा बोल्दै निर्देशक आचार्यले नाईँ नभन्नू ल ४ अन्य सिरिजभन्दा फरक रहने जानकारी दिए । उनले भने- ‘पहिलो, दोस्रो र ‘नाई नभन्नु ल’ मा एक आपसमा कुनै पनि सम्बन्ध नभए जस्तै अहिले पनि नाईँ नभन्नू ल ३ सँग चलचित्रको कुनै सम्बन्ध रहनेछैन ।’ उनले थपे-‘चलचित्र नाईँ नभन्नू ल ४ मा रहेको कथा विल्कुलै नयाँ हो ।’

चितवन र काठमाडौंमा खिचिने चलचित्रलाई हरिबोल भण्डारी र दिनेश पोखरेलले निर्माण गर्नेछन् । चलचित्र ‘नाईं नभन्नू ल’ शृंखलाको चौथो भागका पुरुषोत्तम प्रधानको छायांकन र बसन्त सापकोटाको संगीत रहनेछ । राजेश पायल राई, प्रेम परियार, प्रल्हाद तिमल्सिना, इन्दिरा जोशी आदिले आवाज दिएको फिल्मका गीतको रेकर्डिङ सकिईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu