कंगनासँग हिमचिम बढेको भनेपछि ऋतिकले भने, ‘सिंगल छु’



Kangana-and-hritik'
हाल बलीउड अभिनेत्री कंगना रनोटसँगको सम्बन्धलाई लिएर चर्चामा रहेका बलीउडस्टार रितिक रोशनले बताएका छन् की अहिले पनि उनी सिंगल नै छन् ।

Click Here to Watch Entertaining Videos
भारतीय सञ्चारमाध्यमहरुले ‘तपाई र कंगनाको बढ्दो हिमचिमले धेरै कुराहरु उब्जाएका छन् नी’ भन्ने प्रश्नको उत्तर दिदै उनले भने, ‘म यस विषयमा के नै पो भन्न सक्छु होला र । तर एउटा कुरा के बुझ्नुहोस् भन्दा अहिलेपनि म सिंगल नै छु ।’ ९० को दशकको चलचित्र आशिकीको ‘धीरे-धीरे’ बोलको नयाँ भर्सनसहितको गीत सार्वजनिक गर्दै उनले आफु र कंगना बिच कुनै पनि विशेष सम्बन्ध नरहेको बताए ।

सोहि क्रममा ‘सार्वजनिक गीत कसलाई समर्पित गर्न चाहनुहुन्छ’ भन्ने प्रश्नमा उनले भने -‘मेरो जीवनमा अहिले कोहिँ पनि छैन ।’ उनले थपे, ‘हामी सबै यो गीत भूषण कुमारको पितालाई समर्पित गर्न चाहन्छौ ।’ यस गीतमा रितिक सोनम कपुरको साथमा देखिएका छन् । यो गीतको निर्देशन अहमद खानले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu