‘कीर्तिपुर’को ट्रेलर रिलिज (भिडियो)



kritipur-trailer

ठुलोपर्दा डटकम, काठमाण्डौ।
ऐतिहासिक चलचित्र ‘कीर्तिपुर, द लिजेन्ड अफ कीर्तिलक्ष्मी’को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा पृश्वी नारायण शाहले गरेका विभिन्न गतिविभिहरुलाई पर्दामा देखाइएको छ । पोखरामा यही भाद्र १, २ र ३ गते च्यारिटी शो आयोजना गरिन लागिएका कारण चलचित्रको ट्रेलर सार्वजनिक गरिएको चलचित्रका निर्देशक प्रदीप खड्गीले जानकारी दिए ।

गुरु चेला, द करियर प्वाइन्ट, महेन्द्रपुल पोखराको आयोजनामा हुने सो शोबाट उठेको रकम कास्कीमा भुकम्पबाट मृत्यु भएका परिवारका आश्रित बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने कार्यक्रम संयोजक सुवास मल्लले बताए ।

फोकस पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रदीप खड्गीले निर्देशन गरेका हुन् । चलचित्रमा हिसिला महर्जन, मणि लवट, सुरज गराच, लक्ष्मी गिरी, मदनदास श्रेष्ठ, शूरवीर पण्डित, सुशील राजोपाध्याय, विनोद श्रेष्ठ, उदय श्रेष्ठलगायतले अभिनय गरेका छन् । त्यसैगरी चलचित्रमा सन्तोष केसीको एनिमेसन, हरिशरण सायमीको संगीत, उदय श्रेष्ठको द्वन्द्व, मृत मरहठा र दीपसन परियारको शृंगार एवं शंकर महर्जन तथा नवीन जोशीको छायांकन रहेको यस चलचित्रमा वीरेन्द्र ताम्रकार, प्रेम खड्गी र अनन्त श्रेष्ठको लगानी रहेको छ ।

चलचित्र निर्माणको सर्वमान्य सिद्धान्तलाई आधार बनाएर तयार गरिएको चलचित्र कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मीमा सन्तुलित कथावस्तु भएको निर्देशक प्रदीप खड्गीको दाबी छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu