आर्यन र नम्रताको उपस्थितीमा भुकम्प पिडितलाई राहत



aaryan and namrata sindhukot

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
बैशाख १२ गते गएको शक्तिशाली भुकम्पका कारण नेपालमा हजारौंको मृत्यु हुनुको साथैं हजारौं घाईते भएको दुखत अवस्थामा नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ भने भूकम्पका कारण धेरैनै प्रभावित भएको जिल्ला सिन्धुपाल्चोकको सिन्धुकोट गाविस पुगेका छन् ।

निर्माणको तयारीमा रहेको चलचित्र क्लासिकको जम्बो टिमनै भूकम्प पिडितहरुलाई राहात प्रदान गर्न सोमबार सिन्धुपाल्चोक पुगेको थियो । उक्त टिमले सिन्धुपाल्चोकका ९ वटा वडाका करिब ७ सय घरलाई राहत वितरण गरिनुका साथै मलेसियाबाट आएका डाक्टरहरुको टोलीले स्थानियकोस्वास्थ्य जाँच पनि गराएको थिए । चलचित्र पत्रकार संघको संयोजनमा भएको राहत विरणका लागि ३ ट्रक चामल, दाल र नुन लगिएको थियो । प्रत्येक परिवारलाई १५ किलो चामल, २ किलो दाल, नुन वितरण गरियो ।

नायक आर्यन सिग्देल, नायिका नम्रता श्रेष्ठ, निर्देशक दिनेश राउत, निर्माता सुवास गिरीको साथमा ६० जनाको स्वयंसेवक टोली र डाक्टरहरु सिन्धुकोट पुगेका थिए । सुवास ग्रुप अफ कम्पनिजसँग सहकार्य गर्दै चलचित्र पत्रकार संघले राहत विरतरण गरेको हो । राहात वितरण कार्यक्रमपछि बोल्दैं नायक आर्यन सिग्देलले यस्ता विपत्तिमा एकले अर्काको हात समाउँदै सहयोग गर्न आग्रह गरे । उनले भने -‘यस्तो अवस्थामा हामीलाई एक अर्काको साथ आवश्यक छ त्यसैले हामी सबैले यस्तो विपत्तिमा काधमा काध राखि अघि बढ्नु पर्छ ।’

त्यस्तै, निर्माता तथा सुवास ग्रुप अफ कम्पनिजका अध्यक्ष सुवास गिरीले भूकम्प पिडितहरुको हातमा अहिलेसम्म पनि पर्‍याप्त राहात नपुख्दा निकै दुख लागेको बताए । उनले आवश्यकता परेको खण्डमा अझै आफूहरु सहयोग गर्न तयार रहेको बताए । स्थानियले आफुहरुको दुखलाई आफ्नो दुख सम्झेर साथ दिन आएको भन्दैं धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu