छोरी अन्माउँदाको पिडा (भिडियो)



anmayau

ठुलोपर्दा डटकम, काठमाण्डौ।
गायनमा स्थापित हुँदै गरेकी गायिका अनुमा कोइरालाले आफ्नो दोस्रो गीति एल्वम ‘अन्माई दियौं’मा समावेश ‘अन्माई दियौं’ बोलको म्यूजिक भिडियो आँफैले निर्देशन गरेकी छिन् । सामाजिक तथा साँस्कृतिक मान्यता समेटिएको उक्त गीतमा सञ्जु श्रेष्ठको शब्द तथा संगीत रहेको छ ।

यो गीतको म्युजिक भिडियोको कलात्मकता भएको अग्रजहरुले प्रतिक्रिया दिएको निर्देशन अनुमाले बताएकी छिन् । गायिका अनुमाले २०६५ सालमा आफ्नो पहिलो एल्बम बजारमा ल्याएकी थिइन् । पप गीतबाट डेब्यु गरेकी अनुमानले तेश्रो भिडियोसम्म आइपुग्दा आधुनिक गायनमा प्रवेश गरेकी छिन् । ‘अन्माइ दियौ’ बोलको गीतको राम्रो प्रतिक्रिया आइरहेको बताउने अनुमाले अहिलेका पुस्ताका लागि फरक धारको गीत र भिडियो आफुले गरेको दाबी गर्छिन् ।

जीवनको एउटा क्षणको पिडालाई जीवन्त रुपमा समेटीएको भिडियोमा सामाजिक मुल्य र मान्यता, तथा आमा, बाबु र छोरीको प्रेमलाई मुख्य रुपमा झल्काईएको छ । जसमा सम्राट सापकोटा, प्रेम बर्षा, प्रतिक्षा चन्द, जीवन कोईराला, नमिता कोईराला, उरुषा पाण्डे लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu