भुवनलाई सम्मान दिँदै इच्छाको पोष्टर र अडियो एल्बम रिलिज



ichha-press-meet-1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।

माघ २ गते देखी देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र इच्छाको दुईवटा पोष्टर र अडियो एल्बम सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका विच चलचित्र इच्छाको नायक भुवन केसी र चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले संयुक्त रुपमा चलचित्रको २ वटा पोष्टर र अडियो एल्बम विमोचन गरेका थिए ।

कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक मुनाल घिमिरेले चलचित्र इच्छा अहिलेको वास्तविक कथामा निर्माण भएको बताए । चलचित्रले फरक पुस्ताको फरक सोचाईलाई समेटेको बताउदैं चलचित्र इच्छाले दर्शकको मन जित्ने विस्वास व्यक्त गरे ।

त्यस्तै चलचित्रका निर्माता प्रकाश घिमिरेले चलचित्र इच्छा सामाजिक विषय बस्तुमा आधिरित भएर निर्माण भएका कारण चलचित्रले मनोरञ्जन सगैं सन्देश पनि दिने बताए । उनले भने “चलचित्र अरु चलचित्र भन्दा फरक छैन तर फरक बनाउने प्रयास भने हामीले गरेका छौं”-निर्माता घिमिरे बताए ।

त्यस्तै कार्यक्रममा चलचित्रका कलाकार सुबास थापाले चलचित्र इच्छा सबैले हेर्न लायकको चलचित्र रहेको भन्दै चलचित्रले समाजकै यर्थाथ कथा बाकेको खुलाएका छन् । “चलचित्र राम्रो बनेको छ”-सुवासले भने हामीले चलचित्रमा निकै मेहेनत गरेका कारण चलचित्र इच्छालाई दर्शकले मनपराउनेमा आफु विस्वस्त रहेको पनि सुवासले बताए ।

ichha-press-meet-2
कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघका अध्यक्ष शाति पि्रयले चलचित्र इच्छा सुपरहिट हुनेमा आफु पुर्ण विश्वस्त रहेको बताए । चलचित्रलाई अगि्रम शुभकामना दिदैं अध्यक्ष शान्ति पि्रयले चलचित्र इच्छा सबैले हेर्न लायकको इच्छा बनेको हुनु पर्ने दाबी गरेका छन् । कमेडी लभस्टोरी कथामा आधारित चलचित्र इच्छाको पोष्टर र अडियो एल्बम विमोचन कार्यक्रममा नायक भुबन केसीलाई सम्मान समेत गरिएको थियो ।

सम्मानपछि कार्यक्रममा बोल्दै नायक भुवन केसीले आफुलाई सम्मान गर्ने चलचित्र इच्छाको सम्पुर्ण यूनिट देखी प्रोडक्शन कम्पनीलाई पनि धन्यवाद व्यक्त गरे । त्यस्तै नायक भुवन केसीले चलचित्र इच्छालाई सम्पुर्ण दर्शकले मन पराउनेमा पनि विश्वास व्यक्त गरेका छन् । करिब ३ दशक चलचित्र यात्रामा आफुले गरेका दुख मेहेनतको दिन सम्झदैं नायक केसीले चलचित्र क्षेत्रले अहिले धेरै फड्को मारिसकेको बताए ।

चलचित्र इच्छामा सुबास थापा, शिखा शाही, दयाहाङ राई, ओम प्रतिक, देशभक्त खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । गम्भिर विष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व, प्रकाश घिमिरेको लेखन रहेको चलचित्रमा राम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ ।

सार्वजनिक पोस्टरहरु:
ichha-launched-posters

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu