ठुलोपर्दा डटकम, काठमाण्डौ ।
ग्रिनहिल भि.एफ.एक्स मिडियाको व्यानरमा बन्दै गरेको नेपाली चलचित्र ‘कामचोर’ले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रको बारेमा जानकारी गराएको छ । सिनेमाटोग्राफर दिनेश श्रेष्ठको निर्देशनमा बनेको उक्त चलचित्र कमेडी तथा सस्पेन्स कथामा बनेको कार्यक्रममा बताईयो ।
अभिमान सिं बस्न्यातको प्रस्तुतिमा प्रमोद गौचनको लगानी रहेको यस चलचित्रमा हर्षिका श्रेष्ठ, पुस्कर रेग्मी, रबिन्द्र बस्नेत, एवन उप्रेती, काजल खनाल, अप्सना थापा, रोहन श्रेष्ठ, बालदिप राई, रबिना दास लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा समावेश गीतमा भरत सिटौलाको संगीत रहेको छ ।
चलचित्रको छायांकन तथा लेखन निर्देशक स्वयंको रहेको छ । निर्देशक श्रेष्ठले नौ बर्षसम्म सिनेमाटोग्राफीमा काम गरेपछि यसै चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् । ‘कामचोर’को रिलिज मिति नतोकिएपनि फागुन महिनामा रिलिज हुने तयारी रहेको बताईएको छ ।