यो साता बाबु-छोरीको माया साथमा मट्यांग ट्यांग



love

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आठ बर्षिय निर्देशक सौगात विष्टले निर्देशन गरेको चलचित्र ‘लव यू बाबा’ प्रदर्शनमा आएको छ । एक बालकको कामको व्यग्र प्रतिक्षामा रहेका नेपाली चलचित्रका दर्शकले अब भने देशव्यापी हेर्न पाउनेछन् ।

गजित विष्ट, अशिष्मा नकर्मी, निर्मल शर्मा, संगम बिस्ट, निश्मा घिमिरे लगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रले एउटी आमा नभएकी बालिका जसलाई आमाको अभाव हुन नदिन आफ्ना बाबाले गरेको संघर्ष लार्इ समेटेको छ । वियोगान्त शैलीको यो चलचित्र हेर्दा सबैका आँखा रसाएका थिए ।
चलचित्रमा गजित बिस्टको कथा र गम्भीर बिस्टको पटकथा तथा संवाद रहेको छ । चलचित्र ‘लब यू बाबा’लाई दिव्यराज सुबेदीले खिचेको हुन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन, सत्य-स्वरूप, डेनी निरौला, दिपक शर्मा र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् ।

यस्तै पुरन थापा निर्देशित ‘कान्छि मट्यांग ट्यांग’ पनि प्रदर्शनमा आएको छ । यो चलचित्र कमेडी चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu