ठुलोपर्दा डटकम, काठमाण्डौ। खडेरी मेटाई हराभरा बनाएको ‘होष्टेल’ यस बर्षकै सफल चलचित्रमा पर्छ। यहि खुशी साट्न दशैँको छेकोमा चलचित्र युनिटले एक पार्टी आयोजना गर्दैछ। निर्माता सुनिल रावलका अनुसार असोज २० गते राजधानीको पुरानो वानेश्वरस्थित सिद्धार्थ पाटीप्यालेसमा ‘सक्सेस पार्टी’ आयोजना हुनेछ।
सोचेभन्दा बढि भएको फिल्मको व्यापारबाट फुरुंग परेका रावलले भने, ‘हामी सफलता हाम्रो शुभचिन्तक र सहयोगी हातहरुसँग बाँड्न चाहन्छौँ ।’ अनमोल केसी, गौरव पहारी, सलोन बस्नेत, प्रकति श्रेष्ठ, रिस्ता बस्नेत लगायतले अभिनय गरेको यो चलचित्रलाई नव- निर्देशक हेमराज विसीले निर्देशन गरेका हुन्।