निशालाई छतबाट सिट्ठी बजाउने संयम (भिडियो)



Samyam-And-Nisha

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पुष २५ गते देखी अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र आभाषको टिजर रिलिज भएको छ । टिजरमा चलचित्रका प्रायः कलाकारहरु देखिएका छन् । टिजरले कमेडी तथा माया-प्रेम दर्शाउन खोजेको छ ।

चलचित्र आभाषमा संयम पुरी, सलोन बस्नेत, आष्मा डिसी, निशा अधिकारी, गोविन्द शाही, सुनिल रावल लगायतका कलाकारहरुको अभिनय रहेको छ । अहिले सम्म आफुले निर्माण गरेका चलचित्र भन्दा चलचित्र आभाषले दर्शकलाई फरक स्वाद दिने निर्माता गोविन्द शाहीले बताए ।

चलचित्रले युवा पुस्ताको प्रेम, खुसी, दुःखलाई मुख्य रुपमा उठाएको बताइएको छ । चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । ग्लसी पिक्चर्स र क्रियटीभ फिल्मको संयुक्त व्यानरमा निर्माण भएको चलचित्र आभाषलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन ।

हेर्नुहोस् टिजरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu