शिव रेग्मीको निधन भएको एक बर्ष पुरा



shiva-dai-biography

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली चलचित्रक्षेत्रमा स्वर्गीय निर्देशक शिव रेग्मीले धेरै चलचित्र निर्देशन गरे । अरुलाई आफ्नो निर्देशकीय खुवीले रुवाउन खुबै सिपालु रेग्मीले धेरै सफल चलचित्रहरु दर्शक माझ पस्केका थिए । रेग्मीको निधन भएको १ बर्ष पुरा भएको छ । चलचित्रनगरीले उनलाई विर्सेको छैन ।

मंसिर २४ गते निधन भएपनि तिथिका हिसावले १ बर्ष पुगेको छ । दुवै मृगौलामा समस्या आएपछि थलिएका रेग्मीको ५९ बर्षको उमरेमा काठमाडौंको बयोधा अस्पतालमा निधन भएको थियो । एक धर्म छोरी सहित आफ्ना तीन सन्तान दुई छोरी र एक छोराका पिता समेत रहेका रेग्मीको श्रीमती ज्ञानु विगत एक बर्षदेखि चितवन स्थित रेग्मीकै जन्म घरमा छिन् ।

रेग्मीको निधन भएको १ बर्ष पुगेको दिनलाई संझेर आज चितवनमा चलचित्रकर्मी र उनको परिवारले शोक सभा गर्दैछ । यसका लागि केही चलचित्रकर्मी चितवन पुगेका छन् । विषेश गरि पारिवारिक चलचित्र निर्देशन गर्ने स्वर्गीय शिव रेग्मीले करिब २ दर्जन भन्दा बढि चलचित्र निर्देशन गरेका छन् । उनको अन्तिम चलचित्र ‘मनले मनलाई छुन्छ’ केहि महिना अगाडी मात्र देशभर प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu