फ्राईडे रिलिज: चलचित्र ‘मिस्टेक’



Harshika

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पछिल्लो समयमा सालो रिलिजको मौका पाउनु पनि भाग्य मानिन्छ किनकी एउटै मितिमा दुई देखी तिन वटा चलचित्र सम्म एकसाथ प्रदर्शनमा आइदिँदा कुनै पनि चलचित्रले आशालाग्दो व्यापार गर्न सकेका छैनन् । त्यहि क्रममा आजबाट देशभर चलचित्र मिस्टेकले आफ्नो प्रदर्शन आरम्भ गरेको छ ।

प्रचार प्रसारमा कुनै पनि ध्यान नदिएको चलचित्र मिस्टेक खासै दर्शकको आँखामा नाम परेको चलचित्र भने होइन तर पनि चलचित्र युनिट दर्शकको मन जित्नेमा ढुक्क छ । चलचित्रका सम्पुर्णपक्षले चलचित्रको प्रचार प्रसारमा ध्यान नदिदाँ दर्शकले मिस्टेक चलचित्र कस्तो खाल्को चलचित्र हो भन्ने बुझ्न समेत पनि पाएका छैनन् । तर पनि चलचित्रले सोलो रिलिजको मौका पाउनु पनि राम्रो हो ।

यति बेला देशभर चलचित्र श्री ५ अम्बरे, हमजाएगा, जेरी लगायतका चलचित्रहरु प्रदर्शनरत छन् । यि चलचित्रसँग घम्साघम्सी गर्दै प्रदर्शन सुरु गरेको चलचित्र मिस्टेकलाई ऋषिराज आचार्यले लेखन र निर्देशन गरेका हुन् । चलचित्रलार्इ बिष्णु ठडरार्इ (सुवास) ले निर्माण गरेका हुन् । चलचित्र मिस्टेकमा हर्षिका श्रेष्ठ, शुशान्त कार्कि, निर्मल सेन्चुरी, सुरविर पण्डित, रमा थपलिया लगायतका कलाकारको अभिनय रहेको छ ।

त्रिकोणात्मक प्रेम कथा बोकेको यस चलचित्रमा यूवा पुस्ताको वास्तविक जिवन चित्रण गरिएको निर्माता ठडरार्इको भनाइ छ । चलचित्रका गितमा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतको द्वन्द्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu