अमेरिकाको बसाईबाट ‘रंग बैजनी’को प्रचारको लागि नेपालमा नुतन



Nutan-Pradhan

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
निकै लामो समय देखी अमेरिकामा बस्दै आएकी चर्चित निर्देशक शम्भु प्रधानको श्रीमती नुतन प्रधान चलचित्र ‘रंग बैजनी’को प्रचार प्रसारका लागी काठमाडौं आईपुगेकी छिन् । छोरी ईश्वरी प्रधान सगँ अमेरिकामा बस्दैं आएकी नुतन मंसिर १९ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र रंग बैजनीको प्रचार प्रचारका लागी उनी सोमबार काठमाडौं आइपुगेकी हुन ।

रंग बैजनीकी लेखिका तथा निर्मात्री नुतन प्रधानले आफुले अमेरिकामा चलचित्र रंग बैजनीको प्रचार गरेको बताउदैं अब नेपालमा चलचित्रको प्रचार प्रसारको लागी काठमाडौं आइपुगेको बताइन् । करिब १५ बर्ष पहिलेको सफल चलचित्र ‘सक्कली नक्कली’ मा नायिकाको रुपमा देखिएकी नुतन अब चलचित्र प्रदर्शन भएपछि मात्र अमेरिका फर्किने बताइएको छ । १२ बर्षपछि निर्देशन कार्यमा फर्किएका निर्देशक शम्भु प्रधानले निर्देशन गरेको चलचित्र रंग बैजनीमा सुमिना घिमिरे, गरिमा पन्त र दिक्पाल कार्की लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

नुतन टेलिफिलिम्सको ब्यानरमा नुतन प्रधानले निर्माण गरेकी चलचित्र ‘रंग बैजनि’ शम्भु प्रधान र नुतन प्रधानका छोरा शशांक प्रधानले यस चलचित्र मार्फत सिनेम्याट्रोग्राफीमा डेब्यु गरेका छन् । चलचित्रमा नुतन प्रधानको कथा, शब्द तथा कोरियोग्राफी, मित्र गुरुङको सम्पादन र दीपप्रधानको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu