४ बर्षपछि संचिताको फिल्मी माहोल, सकियो ‘नाईँ नभन्नू ल ३’ को छायांकन



Sanchita-1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायक निखिल उप्रेतिसँग बिवाह गरेपछि खासै चलचित्रमा देखा नपरेकी नायिका संचिता लुइँटेल करिब ४ बर्ष पनि अब चलचित्रको पर्दामा देख्न पाइने भएको छ । चार बर्षपछि उही माहोलमा फर्किदा संचिता लुइँटेल निकै खुसी देखिएकी छिन् । माहोल उस्तै, ब्यक्ति उही तर बदलिएको प्रविधिले संचिताको मुहारमा विश्वासका पाईलाहरु अझ बढाएका छन् ।

“धेरैपछि फिल्म माहोलमा फर्किएको छु तर चार दिन पछि सेटमा फर्किए जस्तो महसुश भएको छ” नाईँ न भन्नू ल ३ ईन्डक्ल्यापका बेला संचिताले भनिन् । हुन त उनी संसारकै सबैभन्दा ठूलो खुसी आमा बन्ने अवसरलाई समेत महशुस गरेर फिल्म उद्योगमा फर्किएकी हुन् तर सन्तान प्राप्तीको खुसी पश्चात आफ्नै कर्मथलोमा फर्किदाको खुसी अलि भिन्न नै हुने उनको भनाई छ । बल्कबष्टर सिरिजको थर्ड सिक्वेलमा एउटा महत्वपूर्ण भूमिका पाएपछि संचिताले बाँकीका दिनमा यो उद्योगमा अझ सक्रिय भएर लाग्ने विश्वास पनि देखाएकी छिन् । मुस्कान ढकालले निर्देशन गरेको यो थर्ड सिरिज आउँदो चैत्र २७ देखि देशब्यापी प्रर्दशन हुने हुँदा फिल्म रिलिजको ब्यग्र पर्खाइ प्रतिछा छ उनिमा ।
Sanchita-2

म त हिजो पनि प्रशंसक र आज पनि छु त्यसैले महत्वपूर्ण भूमिकामा उहाँलाई हामीले खेलाएका हौ । नाईँ न भन्नू ल ३ सिरिजका संरक्षक बिकास आचार्यको भनाई छ । बिकासले संचिता जस्तो स्मार्ट कलाकारहरुलाई अन्य फिल्ममेकरहरुले पनि विर्सन नहुने तर्क गरेका छन् ।

यस फिल्ममा संचिता सुरज सिंह ठकुरीको अपोजिट खेलेकी छिन् । ४२ दिन सम्म छायाँकन भएको यो थर्ड सिरिजमा अनुभव रेग्मी, प्रियंका कार्की, संयम पुरी, आश्मा डिसी, आर्यन सिग्देल सहित विशेष भूमिकामा निरज बराल, मुकेश ढकाल र गरिमा पन्तलाई पनि देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu