नेता, कलाकार तथा पत्रकारका लागि अम्बरेको बिशेष शो



Saugatठुलोपर्दा डटकम, काठमाण्डौ ।
शुक्रबार देशभर प्रदर्शन सुरु गरेको चलचित्र श्री ५ अम्बरेले रिलिजकै दिन काठमाडौंमा चलचित्रको विषेश शोको आयोजना गरि चलचित्र देखाएको छ । चलचित्र हेर्न नेकपा एमालेका नेता प्रदिप ज्ञवाली, एकिकृत नेकपा माओवादीका नेता डा.बाबुराम भट्टराई साथैं चलचित्रकर्मी, पत्रकार लगायतका उपस्थित थिए ।

जीवनसाथी फिल्मस्को व्यानरमा निर्देशक दिपा बस्नेत निर्देशित चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई , मार्टिन खान, राज गदाईली आदी कलाकारहरुको अभिनय छ । चलचित्रमा डा.कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत गरेका छन् ।

टि.एन. आचार्य र दिपक आचार्यद्धारा निर्माण गरेको चलचित्रको कथा अभिमन्यू निरवीले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu