डि सिने अवार्ड भव्य तयारी गरिँदै, यस्तो छ उत्कृष्ट ५ को मनोनयन



d-cine-awardsठुलोपर्दा डटकम, काठमाण्डौ ।
विगत छ बर्ष देखी आयोजना गरिँदै आएको डि सिने अवार्ड ०७१ को भव्य तयारी गरिरहेको आयोजक संस्था छायाँछविले जनाएको छ । मुलतः विशुद्ध रुपमा चलचित्र उद्योगलाई समर्पित गर्दै निश्पक्ष एवं सम्मानजनक अवार्ड प्रदान गर्दै आइरहेको छायाँछविले यस वर्ष पनि अवार्डलाई निश्पक्ष एवं सम्मानजनक बनाउन कुनै कसुर बाँकी नराख्ने जनाएको छ । साथै अवार्ड भव्य, सभ्य एवं सुसंस्कृत रुपमा सम्पन्न होस भन्नका लागी आकर्षक सांस्कृतिक प्रस्तुतीहरु रहने पनि आयोजकले प्रेस विज्ञप्ती मार्फत उल्लेख गरेका छ ।

अवार्ड मुलतः नेपाली चलचित्रमै समर्पित रहेर साँस्कृतिक प्रस्तुति दिइने बताइएको छ । कार्यक्रमलाई नृत्य, गायन एवं हास्य ब्यङग्यका माध्यमले आकर्षक बनाइने छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताएका छन् । डि सिने अवार्ड ०७१ मा गजित विष्ट, अनु शाह, विनोद श्रेष्ठ, गौरव पहारी, अशिश्मा नकर्मी, शंकर विसी, रिस्ता बस्नेत, रजनि केसी, प्रदिप बास्तोला, मिराज कोइराला, संगम विष्ट, निश्मा घिमिरे, गम्भिर विष्ट, सौरभराज तुलाधर एवं अकेशा बिष्टलगायतका युवा पुस्ताका कलाकारहरुको प्रस्तुति विशेष आकर्षणका साथ राखिनेछ भने विश्वकै सबैभन्दा कम उमेरका निर्देशक सौगात विष्टले पनि सांस्कृतिक प्रस्तुतिमा भाग लिनेछन् । साथसाथै डि.सिने अवार्ड ०७१ मा तितोसत्यका कलाकारहरु दीपकराज गीरी एवं दिपाश्री निरौलाको समेत हाँस्य प्रस्तुति रहनेछ ।

कार्यक्रमलाई अझै आकर्षक बनाउन सांगीतीक अन्य प्रस्तुति समेत तय गरिदै गरेको कार्यक्रम संयोजक वि.एस. लामीछानेले बताएका छन् । यसपालिको डि.सिने अवार्ड ०७१ सम्पन्न गर्नका लागी कार्यक्रम निर्देशकका रुपमा प्रदिपकुमार उदय, कार्यक्रम संयोजकका रुपमा वि.एस. लामीछाने, सदस्य सचिवका रुपमा सुमन दाहाल, जुरी संयोजक मोहन निरौला एवं अध्यक्ष शान्तिप्रिय सहितको समिति रहेको छ । डि सिने अवार्ड आगामी मंसीर १७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो ३ बजेदेखी आयोजना गरिदैछ । कार्यक्रमको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजन र रेडियो सिटीले गर्दै छ । फिल्मीखवर साप्ताहिक सहित हिमालय टेलिभिजन र रेडियो सिटी एसोसिएट मिडियाका रुपमा अवार्डमा रहेका छन् ।

एसएमएस भोटीङ कोड सहितको उत्कृष्ट ५ मनोनयन यसप्रकार छः
१. उत्कृष्ट ध्वनि मिश्रण
१. अमित श्रेष्ठ – छ एकान छ – dca1
२. मनोजराज भण्डारी – मुटु – dca2
३. दीप तुलाधर – प्रोड्युसर – dca3
४.सुनयमान श्रेष्ठ – नाइ नभन्नु ल २ – dca4
५. उत्तम न्यौपाने – होस्टेल – dca5

२. उत्कृष्ट पार्श्र्व संगीत
१. रोहित शाक्य – मौन – dca6
२.सुजिल कर्माचार्य – मोक्ष – dca7
३. एलिस कार्की – छ एकान छ –dca8
४. एलिस कार्की – नाइ नभन्नु ल २ –dca9
५. किरण तुलाधर – झोले –dca10

३. त्कृष्ट द्वन्द्व निर्देशक
१. चन्द्र पन्त – लोफर – dca11
२. रोशन श्रेष्ठ – प्रोड्युसर – dca12
३. एन.वि. महर्जन – छ एकान छ – dca13
४. सुर्य थोकर – मुटु – dca14
५.रोशन श्रेष्ठ – विन्दास २ – dca15

४. उत्कृष्ट नृत्य निर्देशक
१. रेनेशा राई – तिमी नै मेरो – dca16
२. शंकर वि.सी. – जव साँझ पर्छ – बितेका पल dca17
३. कविराज गहतराज – लाखैवत्ति – महसुश dca18
४. कविराज गहतराज– यि आँखामा– नाइ नभन्नु ल –२ dca19
५. गोविन्द राई – तिमीविना यो – किन किन dca20

५. उत्कृष्ट गीतकार
१. कृष्णहरी बराल – यी आँखामा – नाइ नभन्नु ल २ dca21
२. कृष्णहरि बराल – मर्ने कसैलाईःनाइ नभन्नु ल २ dca22
३. किरण खरेल– कोही आए जस्तो– आधी बाटो dca23
४. बावुराम दाहाल – जिन्दगीले – मधुमास dca24
५. राम अविरल – सुन्छु तिमीले – विन्दास २ dca25

६. उत्कृष्ट गायिका
१. दुर्गा परियार – दिल चुप छ – महसुश dca26
२. प्रकृति गिरी – जव साँझ पर्छ – बितेका पल dca27
३. अञ्जु पन्त – आँटी सक्यो – मधुमास dca28
४. रजिना रिमाल – तिमी नै मेरो – झोले dca29
५. मनिषा पोखरेल – तिमी सँगै – मुटु dca30

७. उत्कृष्ट गायक
१. बाबु बोगटी – जव साँझ पर्छ – बितेका पल dca31
२. पे्रम परियार – मर्ने कसैलाई – नाइ नभन्नु ल २ dca32
३. राजेश पायल राई – तिमी नै मेरो – झोले dca33
४. शिव परियार – सुन्छु तिमीले – विन्दास–२ dca34
५. प्रेम परियार – यी आँखामा – नाइ नभन्नु ल २ dca35

८. उत्कृष्ट संगीतकार
१. अजुर्न पोखरेल – सुन्छु तिमीले – विन्दास २ dca36
२. वसन्त सापकोटा – यी आँखामा – नाइ नभन्नु ल २ dca37
३. सुरेश अधिकारी – दिल चुप छ – महसुश dca38
४. डम्वर नेपाली – जव साझँ पर्छ – बितेका पल dca39
५. सञ्जिव सिंह – खुल्ला आकाशमा – मोक्ष dca40

९. उत्कृष्ट नव –अभिनेत्री
१. प्रकृति श्रेष्ठ – होस्टेल dca41
२. पुजा शर्मा – मधुमास dca42
३. रिश्ता बस्नेत – होस्टेल dca43
४. रजनी के.सी. – लोफर dca44
५. सुरविना कार्की – झेली dca45

१०.उत्कृष्ट नव –अभिनेता
१. अनमोल के.सी – होस्टेल dca46
२. सलोन बस्नेत – होस्टेल dca47
३. कोसिष क्षेत्री – मोक्ष dca48
४. श्याम अर्याल – प्रोड्युसर dca49
५. न्दीप क्षेत्री – छ एकान छ dca50

११.उत्कृष्ट नव निर्देशक
१. हेमराज वि.सी. – होस्टेल dca51
२. सुरज भुषाल – मौन dca52
३. प्रविन श्रेष्ठ – मोक्ष dca53
४. जनकदीप पराजुली – प्रोड्युसर dca54
५. आदित्यविक्रम लम्साल – लोफर dca55

१२. उत्कृष्ट खलपात्र
१. राजवल्लभ कोइराला – छ एकान छ dca56
२. मनोज आर.सी. – मधुमास dca57
३ मुकेश आचार्य – मुटु dca58
४ शंकर आचार्य – झोले dca59
५ सुवास थापा – किन किन dca60

१३. उत्कृष्ट चरित्र अभिनय
१. शैलेश आचार्य – छ एकान छ dca61
२. लक्ष्मीनाथ शर्मा – प्रोड्युसर dca62
३. बसन्त भट्ट – मोक्ष dca63
४. गिता अधिकारी – झेली dca64
५. नीर शाह – महसुश dca65

१४.उत्कृष्ट सह–अभिनेत्री
१. प्रियंका कार्की – नाइ नभन्नु ल dca66
२. करिश्मा मानन्धर – किन किन dca67
३. वेनिशा हमाल – महसुश dca68
४. अनु शाह – आधी बाटो dca69
५. सिवाङ्गीनी राणा – मधुमास dca70

१५.उत्कृष्ट सह–अभिनेता
१. गौरव पहारी – होस्टल dca71
२. विल्सनविक्रम राई – प्रोड्युसर dca72
३. सिताराम कट्टेल – छ एकान छ dca73
४. सुरजसिंह ठकुरी – नाइ नभन्नु ल –२ dca74
५. शिवहरी पौडेल – छ एकान छ dca75

१६.उत्कृष्ट लेखन
१. दिपकराज गिरी – छ एकान छ dca76
२. अर्पण थापा – मौन dca77
३. नवल नेपाल – महसुश dca78
४. हेमराज वि.सी. – होस्टेल dca79
५. विकाश आचार्य – नाइ नभन्नु ल –२ dca80

१७.उत्कृष्ट सम्पादन
१. दिर्घ खड्का – झोले dca81
२. विपिन मल्ल – बितेका पल dca82
३. प्रविन श्रेष्ठ – मोक्ष dca83
४.सुरेन्द्र पौडेल – होस्टेल dca84
५. बद्रि लामिछाने – महसुश dca85

१८.उत्कृष्ट छाँयाकार
१. पुरुषोत्तम प्रधान – छ एकान छ dca86
२. हरी लामा – बितेका पल dca87
३. हरी हुमागाई – होस्टेल dca88
४.सञ्जय लामा – मौन dca89
५. दिव्य सुवेदी – महसुश dca90

१९.उत्कृष्ट अभिनेत्री
१. प्रियंका कार्की – झोले dca91
२. नम्रता श्रेष्ठ – मौन dca92
३. केकी अधिकारी – महसुश dca93
४. नीता ढुंगाना – छ एकान छ dca94
५. केकी अधिकारी – बितेका पल dca95

२०.उत्कृष्ट अभिनेता
१. आर्यन सिग्देल – महसुश dca96
२. अर्पण थापा – मौन dca97
३. दयाहाङ राई – झोले dca98
४. यश कुमार – आधी बाटो dca99
५. आर्यन सिग्देल – मधुमास dca100

२१.उत्कृष्ट निर्देशक
१. नवल नेपाल – महसुश dca101
२. सुरज सुब्बा ‘नाल्बो’ – बितेका पल dca102
३. दिनेश डि.सी – छ एकान छ dca103
४. विकास आचार्य – नाइ नभन्नु ल २ dca104
५. दिपेन्द्र के. खनाल – झोले dca105

२२.उत्कृष्ट चलचित्र
१.मोक्षः मोक्ष प्रोडक्सन र श्रीराम बालाजी फिल्मस् dca106
२. मौनःआकाश आदित्य इन्टरटेनमेण्ट dca107
३. छ एकान छः आमा सरस्वती गितादेवी फिल्मस् dca108
४.नाइ नभन्नु ल २ःवान टाइम सिनेमा dca109
५.महसुशःसास क्रियशन प्रा.लि. 110

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu