निशासँग संयमको प्रेम (भिडियो)



samyam-nisha

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
यतिबेला संयम पुरी र निशा अधिकारी प्रेममा छन् । संयम पुरीको प्रेम त भिजे तथा नायिका आस्मा डिसी सगँ पो हो त कसरी भइन् ? यो प्रश्न उठ्नु स्वभाविक हो । तर निशासँग संयमको यो माया भने रियलमा नभई रिलमा हो ।

पुष २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र आभाषको तिम्रो तस्विर नामक गीतमा नायक संयम पुरी र नायिका निशा अधिकारीको प्रेम देख्न सकिन्छ । सार्वजनिक गीतमा सन्तोष लामाको स्वर, प्रकाश नेपालीको संगीत, राजन सुवेदीको शब्द र गम्भिर विष्टको कोरियोग्राफि रहेको छ । यो चलचित्रमा संयम पुरी, सलोन बस्नेत, आस्मा डिसी, निशा अधिकारी, सुनिल रावल, गोविन्द शाही लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ग्लोसी पिक्चर्स र क्रियटीभ फिल्मको संयुक्त व्यानरमा निर्माण भएको चलचित्र आभाषमा चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ भने पुरुषोत्तम प्रधानले चलचित्र खिचेका हुन् ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu