संयम पुरी र सलोन बस्नेतकी प्रेमीका एउटै (भिडियो)



Salon-karishma-samyam

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र ‘लब सब’ले अफिसियल गीत रिलिज गरेको छ । ‘मैले किन देख्न नहुने’ बोलको गीत रिलिज भएको हो । सार्वजनिक गीतमा संयम पुरी, सलोन बस्नेत र करिस्मा श्रेष्ठलाई देख्न सकिन्छ ।

सार्वजनिक गीतमा सुरेन्द्र रानाको शब्द, सुजिल कर्माचार्यको संगीत, हेमन्त रानाको स्वर रहेको छ । कोरियोग्राफर रामजी लामिछाने हुन् । देवकुमार श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘लब सब’मा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिश्मा श्रेष्ठ, केके अधिकारी, अर्चन राई लगायतका कलाकारहरुका मुख्य अभिनय रहेको छ ।

हरि ओम सिने मेकर्स प्रालिको व्यानरमा निर्माण भएको चलचित्र ‘लब सब’लाई सुशिल पोखरेल र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् । काठमण्डौ, मूडे लगायतका रमणिय स्थलहरुमा खिचिएको चलचित्रमा कृष्ण श्रेष्ठको छायांकन, हिमाल के.सी.को एक्शन, साम्तेन भुटियाको कथा/पटकथा, सुशिल पोखरेलको संबाद तथा बिपिन मल्लको सम्पादन रहेको छ ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu