श्री ५ बनेर गद्दीमा बसे सौगात



ambare

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मंसिर ५ गते देखी अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र श्री ५ अम्बरेले आफ्नो प्रचार प्रसारका लागी नयाँ तरिका अपनाइरहेको छ । यसै क्रममा शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रका नायक सौगात मल्ललाई गद्दीमा बसाईएको छ । उनलाई साथ दिन चलचित्रकी नायिका केकी अधिकारी पुगेकी थिइन् ।

चलचित्रमा ‘काली’ पात्रको भूमिकामा देखिएकी केकीले कार्यक्रममा बोल्दै आफुले चलचित्रमा निकै मेहेनत गरेका कारण चलचित्र सबै पक्षबाट उत्कृष्ट बनेको दाबी गरिन् । आफुले पहिलो पटक महिला निर्देशकको सेटमा बसेर काम गर्ने मौका पाएको बताउँदै केकीले अहिले सम्म अभिनय गरेको चलचित्र भन्दा चलचित्र ‘श्री ५ अम्बरे’ धेरै फरक रहेको बताइन् । त्यस्तै कार्यक्रममा बोल्दै चलचित्रका नायक सौगात मल्ले आफुले पहिलो पटक चलचित्रमा फरक भुमिका निभाएको बताए ।

कार्यक्रममा बोल्दै चलचित्रकी निर्देशक दिपा बस्नेतलले चलचित्रलाई राम्रो बनाउन आफुले कुनै पनि कसर बाँकी नराखेको बताइन् । त्यस्तै चलचित्रका निर्माता टीएन आचार्यले नेपाली चलचित्रक्षेत्रमा ‘श्री ५ अम्बरे’ले नयाँ स्वाद दिने दाबी गरे ।

जीवनसाथी फिल्मसको व्यानरमा बनेको चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई, मार्टिन खान, राज गदाईली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ । चलचित्रमा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत भरेका छन् । चन्दन दत्तको सम्पादन रहेको चलचित्रलाई गणेश श्रेष्ठले छायांकन गरेका हुन् । टि.एन.आचार्य र दिपक आचार्य निर्माता रहेको फिल्मलाई अभिमन्यू निरवीले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu