वाह् जेरी ! प्रेस शो बाट सकारात्मक प्रतिक्रिया



jerry

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
होस्टेल जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक हेमराज विसीले निर्देशन गरेको अर्को नयाँ चलचित्र जेरीलाई प्रेससामु देखाईएको छ । जेरी हेर्न शुक्रबार काठमाण्डौको जय सिनेमा हलमा सञ्चारकर्मी तथा कलाकार उपस्थित थिए ।

चलचित्र हेरेपछि सबैले चलचित्रको तारिफ गरेका छन् । हिमाली जिल्ला मुस्ताङका निकै रमणीय दृश्य कैद भएको चलचित्र जेरीको सबै पक्षलाई चलचित्र हेरेका सबैले तारिफ गरेका थिए । चलचित्र हेर्न जेरीका नायक अनमोल केसीका बुबा नायक भुवन केसी देखी चर्चित सेलिव्रेटीहरुको पनि पुगेका थिए ।

हेमराज बिसि निर्देशित चलचित्र ‘जेरी’ले हलहरुमा यूवायूवती तान्ने अपेक्षा राखेको छ । शुक्रबारबाटै चलचित्र जेरी देशभरका करिब ६० वटा भन्दा बढि हलहरुमा एकसाथ प्रदर्शन भइरहेको छ । खबरका अनुसार आजको प्रत्येकहलहरुमा चलचित्र जेरीको प्रत्येक शो हाउस फुल भएको बताइएको छ ।

मनोज शेरचनको निर्माणमा तयार भएको चलचित्रको मुख्य आकर्षक अनमोल केसी हुन् । अनमोलसँगै चलचित्रमा अन्ना शर्माको मुख्य भुमिका रहेको छ । मुस्ताङमा महंगो रकम खर्चेर खिचिएका चलचित्रका दृश्यले दर्शकलाई लोभ्याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu