एकल रिलिजमा ‘जेरी’



Jerry

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
होस्टेल जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक हेमराज विसीले निर्देशन गरेको अर्को नयाँ चलचित्र ‘जेरी’ले आजबाट देशभर प्रदर्शन आरम्भ गरेको छ । देशभर गरि करिब ६० वटा भन्दा बढि हलहरुमा एकसाथ प्रदर्शन भएको चलचित्र जेरीलाई दर्शकले अत्याधिक मन पराउनेमा चलचित्र युनिट विस्वस्त देखिएको छ ।

चलचित्र ‘जेरी’ले सोलो रिलिजको मौका समेत पाएको छ । मुस्ताङको रमणीय दृश्य कैद भएको फिल्ममा अनमोल केसी, अन्ना शर्मा, एमलिया शर्मा र अभिषेक मान शेरचनको मुख्य भूमिका रहेको छ । अनमोलको भरमा चलचित्र विक्न सक्ने धेरैले अनुमान लगाएका छन् । अनमोल चलचित्र होष्टेलबाट पहिलो पटक नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् ।

मनोज शेरचनको निर्माण रहेको फिल्ममा शैलेन्द्र कार्कीको छायांकन र नरेन लिम्बुको संगीत छ । चलचित्रमा टिनएजहरुका युवायुवतीहरुले मनपराउन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu