आर्यन भन्दैछन्, ‘हुँ म नाईके’ (भिडियो)



Naaike

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पहिलो पटक भिन्दै भेषमा देखा परेका नायक आर्यन सिग्देल अभिनित चलचित्र ‘नाईके’को र्शीष गीत रिलिज भएको छ । ‘हुँ म नाईके’ बोलको गीतमा नायक आर्यन सिग्देलको नृत्य देख्न सकिन्छ । गीतलाई रोहन नेपालीलले कोरियोग्राफी गरेका छन् । सार्वजनिक गीतमा निर्देशक नेत्र गुरूङको शब्द, योगेश काजीको स्वर तथा संगीत रहेको छ ।

सिग्देलसँगै सुर्बिना कार्की, रेम बिक, बोधराज रेग्मी लगायतको अभिनय छ । नेत्र गुरुङले लेखेको फिल्ममा अर्जुन तिवारीको छायांकन रहेको छ । फिल्म ‘नाइके’ लाई विष्णु हमाल, जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली, आनन्द क्षत्रीले निर्माण गरेका हुन् । फिल्मको पूरै छायाँकन पोखराको रमणीय स्थानहरुमा गरिएको छ ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu