‘श्री ५ अम्बरे’मा रियाको कामुक नृत्य (भिडियो)



ambare-item

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मंसिर ५ गते अलनेपाल रिलिजको तयारीमा रहेको दिपा बस्नेत निर्देशित चलचित्र ‘श्री ५ अम्बरे’ले आईटम गीत रिलिज गरेको छ । यस अघि रिलिज भइको ‘यो मनमा हमेशा छाईरहन्छौं’ नामक गीतले दर्शक, स्रोताको मन जितिरहेको बेला चलचित्र युनिटले अर्को गीत रिलिज गरेको हो ।

सार्वजनिक गीतमा रिया श्रेष्ठले कामुक नृत्य गरेकी छिन् । ‘नाच्ने नचाउने सबैलाई मताउने’ ‘ बोलको गीतमा रियाले गरेको नृत्य तारिफ योग्य देखिएको छ । यो गीतबाट दर्शकले अझ चलचित्र ‘श्री ५ अम्बरे’लाई नजिकबाट चिन्ने निर्माण पक्षको दावी छ । सार्वजनिक गीतमा रीता वलि र रत्न सुब्वाको स्वर रहेको छ ।

जीवनसाथी फिल्मसको व्यानरमा बनेको चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई, मार्टिन खान, राज गदाईली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu