मेलवर्नमा ‘सेतो बाघ’ (भिडियो)



seto-bagh

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
बरिष्ठ कलाकार तथा निर्देशक निर शाहले निर्देशन गरेको चलचित्र ‘सेतो बाघ’ अष्ट्रेलियाको मेलर्वन शहरमा रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । चलचित्र हेरे पछि चलचित्रको सबैले मन पराएका छन् ।

श्रीमती उषा र निर्देशक ज्ञानेन्द्र देउजाका साथ अष्ट्रेलिया पुगेका निर्देशक शाहले दर्शकले दिएको प्रतिक्रियाबाट आफू निकै खुसी भएको बताए । मेलर्वन स्थित क्यापिटल थिएटरमा आयोजित प्रिमियर शोको सम्पूर्ण ब्यवस्थापन नमस्ते नेपाल न्यूजमा आवद्ध नेपाली युवा सविन जंग थापाको टोलीले गरेको थियो ।

डायमन शमशेर राणाको ऐतिहासिक कृतिमाथि बनेको ‘सेतो बाघ’ अर्को शो आउँदो शनिवारका दिन सिड्नीमा पनि हुँदैछ । ‘सेतो बाघ’मा जंगबहादुर राणाको अन्तिम ३० दिनको घटनालाई देखाइएको छ । फिल्ममा विएस राणा मुख्य भूमिकामा छन् । फिल्मको नेपाल रिलिज मिति तय भइसकेको छैन । प्रिमियर शोमा दर्शकको राम्रो प्रतिक्रिया पाए पछि चलचित्र युनिटले भिडियो प्रतिक्रिया समेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu