सुदर्शनको निर्देशनमा ‘चंखे शंखे पंखे’ बन्दै



chankhe

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पछिल्लो समयमा चलचित्रका नाम दर्शकको मुखमा झट्ट सम्झने खाल्का बन्न छोडिसकेका छन् । विभिन्न खाल्का चलचित्रका नामले पनि दर्शक कहिले काहि झुक्किने समेत गरेका छन् । त्यहि क्रममा अब चलचित्रनगरिमा अर्को अचम्मको चलचित्रको नाम भित्रिएको छ । चंखे शंखे पंखे नामक चलचित्र अब निर्माण हुने भएको छ ।

केहि चलचित्र निर्देशन पछि फागुन १५ गते प्रदर्शनको तयारीमा रहेको ‘अझै पनि’ नामक चलचित्रबाट अभिनेता समेत बनेका सुदर्शन थापाले चलचित्र ‘चंखे शंखे पंखे’लाई निर्देशन गर्न लागेका छन् । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरि चलचित्रको बारेमा जानकारी गराइएको थियो । कार्तिक २७ गते देखी छायांकन सुरु हुने बताइएको चलचित्रमा सुदर्शन थापा, सुवास थापा, प्रेम पुरी, पुजा शर्मा, नन्दिता केसी, प्रमोद अग्रहरी, राजाराम पौडेल, श्याम राई, धुव्र कोइराला, रविन्द्र खड्का लगायका कलाकारहरुको चलचित्रमा अभिनय रहने छ ।

चलचित्रलाई सन्तोष सेन ठकुरीले निर्माण गर्न लागेका हुन् । कमेडी फर्मुलामा रहेर राष्ट्र प्रेम झल्कने गरि निर्माण हुन लागेको चलचित्र ‘चंखे शंखे पंखे’मा तारा प्रकाश लिम्बुको संगीत, डा.कृष्णहरी बराल र एकनारायण भण्डारीको गीत लेखन, रामशरण पाठकको कथा साथै मिलन अमात्य, सन्तोष लामा, मनोज राज, रुपक डोटेल, भीम लिम्बु र रुखमान लिम्बु लगायतले चलचित्रको गीतमा आवाज दिनेछन् । गोविन्द राईको नृत्य निर्देशन, अष्ट महर्जनको द्धन्द्ध, राजेश श्रेष्ठको छायांकन तथा प्रितम पाण्डेको सम्पादन रहने चलचित्र चंखे शंखे पंखे ४० दिनको काठमाडौं र काठमाडौं बाहिरका केहि जिल्लाको छायांकन सकिएपछि चलचित्रको सम्पुर्ण छायांकन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu