‘नाईके’को अडियो गीत विमोचन



naike

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मंसिर १९ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र नाईकेको अडियो एल्बम रिलिज गरिएको छ । मंगलवार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि चलचित्र युनिटले चलचित्रमा समावेश सम्पुर्ण गीतहरुको अडियो एल्बम रिलिज गरेको छ ।

पहिलो पटक भिन्दै भुमिकामा देखिएका आर्यन सिग्देल चलचित्रमा मुख्य भुमिकामा देखिएका छन् । कार्यक्रममा बोल्दै नायक आर्यनले चलचित्र नाईके अहिले सम्म आफुले अभिनय गरेको चलचित्र भन्दा निकै फरक रहेको बताए । चलचित्रले दर्शकको मन जित्छ भन्नेमा आफु ढुक्क रहेको पनि आर्यनले बताए ।

कार्यक्रममा चलचित्रको अडियो एल्बम विमोचनमा गायिका मेनुका राई, योगेश काजी र रमन गायकले आफ्नो आवाजमा गीत समेत गाएका सुनाए । पछिल्लो समयमा एक पछि अर्को गर्दै अन्य चलचित्रहरुमा व्यस्त नायक आर्यन चलचित्र नाईकेको मुख्य भुमिकामा छन् । जसकारण पनि चलचित्र हेर्न दर्शक एक पटक चलचित्र हल सम्म पुग्नु पर्ने निर्माण पक्षले दाबीले गरेको छ ।

नेत्र गुरुङको निर्देशन रहेको चलचित्रमा आर्यन सिग्देल नै मुख्य भुमिकामा देखिएका छन् । बिष्णु हमाल चलचित्रका कार्यकारी निर्माता हुन् भने जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली, आनन्द क्षेत्री चलचित्रका निर्माता हुन् । चलचित्रमा ताराप्रकाश लिम्बु, रमन गायक र योगेश काजीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu