दक्षिण भारतिय तथा बलिउड फिल्म निर्देशक प्रभु देवालाई अब खलनायकको भूमिकामा देखिने भएको छ । ‘एबिसिडी २’ चलचित्रमा प्रभु खलनायकको भूमिकामा देखिन लागेका हुन् ।
सिद्धार्थ रोय कपूरले निर्माण गरेको यो फिल्ममा वरूण धवन र श्रद्धा कपुर मुख्य भूमिकामा छन् । यो फिल्म आगामी जुन २६ तारिखका दिन रिलिज हुनेछ ।
उनीले नै निर्देशन गरेको चलचित्र ‘एक्सन जैक्सन’ पनि अब प्रदर्शनको तयारीमा छ । अजय देवगणको निकै धमाकेदार भुमिका रहेको चलचित्र एक्सन जैक्सनलाई प्रभु देवाले निर्देशन गरेका हुन् ।