नायक गजितका बाबु-छोरीको अटल माया (भिडियो)



love-u-baba

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आठ बर्षिय निर्देशक सौगात विष्टले निर्देशन गरेको चलचित्र ‘लव यू बाबा’को प्रोमो रिलिज भएको छ । ३१ सेकेण्ड छोटो प्रोमो निकै मर्मस्पर्शी रहेको छ । सत्यस्वरुपको आवाज पनि समावेश उक्त प्रोमोमा बुबा छोरीको माया प्रेमलाई देखाउन खोजेको छ ।

‘सुन्दर छ दुनियाँ यो सजाउन जाने’ नामक बोलको गीत सगैं चलचित्रको प्रोमोमा गजित बिष्ट र संगम बिस्टको माया प्रेमलाई देखाइएको छ । मंसिर २६ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्रमा गजित बिष्ट, संगम बिस्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्त भट्ट, निर्मल शर्मा आदिको मुख्य भुमिका रहेको छ ।

एउटी आमा नभएकी बालिका जसलाई आमाको अभाव हुन नदिन आफ्ना बाबाले गरेको संघर्ष को कथालाई चलचित्रले समेटेको छ । गजित बिस्टको कथा र चलचित्रमा गम्भीर बिस्टले पटकथा तथा संबाद रहेको छ । चलचित्र ‘लव यू बाबा’लाई दिव्यराज सुबेदीले खिचेको हुन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन, सत्य स्वरूप, डेनी निरौला, दिपक शर्मा र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् ।

चलचित्रका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय रहेका छन् भने अर्का पत्रकार सुब्रत आचार्य पनि अतिथी भुमीकामा देखा परेका छन् । त्यस्तै कलाकार अनु शाहले पनि चलचित्र लब यू बाबामा अतिथी भुमिकामा देखिएकी छिन् ।

प्रोमो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu