चैत १३ मा ‘भूल भुलैया’



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चैत १३ गतेको प्रदर्शन मिति तोक्दै चलचित्र ‘भूल भुलैया’ युनिटले आफ्नो प्रदर्शन मिति र फर्ष्टलुक पोष्टर रिलिज गरेको छ । योगेश घिमिरेले निर्देशन गरेको यस चलचित्रको पोष्टरमा जीवन लुईँटेल, नीता ढुंगाना र शोहित मानन्धरलाई देखाइएको छ ।

पोष्टर सँगै प्रदर्शन मिति सार्वजनिक गरिएको चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको निर्देशक योगेश घिमिरेले बताए । ‘भूल भुलैया’ काठमाडौं र आसपासका क्षेत्रमा मात्र छायांकन गरिएको छ ।

अरुष इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्र ‘भूल भुलैया’लाई दिनेशकुमार पोख्रेलले निर्माण गरेका हुन् । जसमा निरज ढकाल, सुशील कार्की, सुरेश गौतम र मणिराज दाहालले निर्माण सहयोग गरेका छन । चलचित्रमा जीवन लुईँटेल, नीता ढुंगाना, शोहित मानन्धर, देशभक्त खनाल, मोहन निरौला लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । चलचित्रमा बसन्त सापकोटाको संगीत, शिवम् अधिकारीको लेखन तथा बनिष शाहको सम्पादन रहेको छ ।

bhul-bhulaiyaa

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu