पोष्टमा पुग्यो महंगो ‘बागमती’



Bagmati

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
ट्रि इन्टरटेन्मेटको व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘बागमती’ को छायाँकन कार्य सफलतापूर्वक सम्पन्न गर्नमा सहयोग पुराउने सम्पूर्ण कलाकारहरू, प्राविधिकहरू एवं दक्षिण भारतबाट आएका निर्देशक, छायाँङ्कार, अन्य प्राविधिकहरूलाई प्रोडक्शन कम्पनीले धन्यवाद दिएको छ । यसोद्या राई, सुवर्ण महर्जन, अन्जना भारती सत्याल, सरस्वती दर्शनधारी र आयुषा दर्शनधारीद्धारा निर्मित ‘बागमती’ अन्तराष्ट्रिय स्तरको गुणस्तरीय चलचित्र बनेको चलचित्र युनिटको दाबी छ ।

रमेश कुमारले निर्देशन गरेको चलचित्र बागमतीको कथा तथा शब्द विजय सत्याल तथा विम्भ अधिकारीको रहेको छ । चलचित्रमा राज कुमार उप्रेति द्धव्द्ध निर्देशन, संगीत यस राम, ज्योती घिमिरे र श्याम महर्जनको रहेको छ । चलचित्रमा विश्व नेपालीको स्वर रहेको छ । यो चलचित्र अहिलेका युवा पिढिलाई लक्षित गरेर निर्माण गरिएको चलचित्रका प्रस्तोता दिनेश दर्शनधारी र विजय सत्यालले बताए । चलचित्र ‘बागमती’ पूर्ण मनोरञ्जनात्मक, पारिवारिक सन्देशमूलक चलचित्र रहेको निर्माता दिनेश दर्शनधारीले बताएका छन् ।

बजारमा चलचित्र ‘बागमती’ डकुमेन्ट्री हो कि भन्ने भ्रम रहेको खबर आएपनि चलचित्र बागमती डकुमेन्ट्र फिल्म नरहेको पनि निर्माता दर्शनधारीले बताए । चलचित्रका प्रमुख पात्र बागमतिझैं समय र परिवेशका कारण विकृत र विसंगतयुक्त हुन पुगेतापनि अन्ततः आफ्नो उद्देश्यमा पवित्र भएको कथाकै कारण चलचित्रको नाम ‘बागमती दी रिभ्युलेशनरी मूभी’ रहन पुगेको चलचित्र युनिटले ठुलो पर्दालाई बतायो ।

चलचित्रमा निर्देशक, छायाँकार लगायत अन्य थुप्रै प्राविधिकहरू दक्षिण भारतबाट मगाई चलचित्रलाई राम्रो र स्तरीय नेपाली चलचित्र बनाउने प्रयास निर्माण कम्पनीले गरेको छ । त्यसैले पनि अन्य चलचित्र भन्दा चलचित्र ‘बागमती दी रिभ्युलेशनरी मूभी’मा धेरै लगानीमा निर्माण भएको निर्माण पक्षले बताएको छ ।

चलचित्रमा कंचन ठकुरी, राजेश हमाल, शिव श्रेष्ठ, मुकुन्द श्रेष्ठ, धुव्र कोइराला, केकी अधिकारी, रेनिशा रावत, दिपा मगर आदी कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । हाल चलचित्रको पोष्ट प्रोडक्सनको काम भइरहेको छ । चलचित्र युनिटले आफ्नो प्रदर्शन मिति भने सार्वजनिक गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu