‘एउटा साथी’को प्रेस शो



euta-sathi-press-show

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
कार्तिक २१ गते देखी देशभर प्रदर्शन सुरु गरेको चलचित्र ‘एउटा साथी’ले आइतबार काठमाडौंमा प्रेस शोको आयोजना गरेको छ । चलचित्रको प्रेस शो हेरेपछि सबैले चलचित्रको कथावस्तु तारिफ गरेका थिए ।

रंग पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गरेको चलचित्र एउटा साथी अहिले देशभर गरि ३० वटा पर्दामा एक साथ प्रदर्शन भइरहेको छ । चलचित्र युनिटले ठुलो पर्दालाई बताए अनुसार अझै यसको संख्या बढ्दै जाने बताइएको छ । चलचित्रलाई दर्शकले मनपराएको भन्दै अरु सिनेमाहलहरुमा पनि प्रदर्शन हुने युनिटको दाबी छ ।

रिस्ता बस्नेत, सलोन बस्नेत, अनु शाह, शिशिर भण्डारी,रबिना खड्का, एलिशा खड्का, रेन थापा, करिष्मा श्रेष्ठ लगायतका कलाकारहरु को अभिनय रहेको चलचित्र एउटा साथीलाई राम खनालले निर्माण गरेका हुन् । चलचित्रमा प्रेम, मित्रता, विछोड र खुशीको कथा देखाउन खोजिएको छ । चलचित्रमा राजेन्द्र खड्गीको एक्सन, टंक बुढाथोकीको संगीत, गणेश कुमार श्रेष्ठको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu