निर्माताको जन्मदिनमा ‘आभाष’ रिलिज मिति घोषणा



Aavash-1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आफ्नो ३४ औं जन्मदिनको अवसरमा निर्माता गोविन्द शाहीले चलचित्र रिलिज मिति घोषणा गरेका छन् । साथै उनले क्यारेक्टर पोस्टर सार्वजनिक गरेका छन् ।

आगामी पुस २५ को चिसोमा सिनेमा देशब्यापी रिलिज हुने वितरक समेत रहेका शाहीले जनाए । उक्त मिति नेपाली पर्व माघे सक्रान्तिको झन्डै साताअघि हो जसको प्रभाव बक्सअफिसमा पर्ने अपेक्षा निर्माताको छ ।
Aavash-2

सुरेन्द्र पौडेल निर्देशित फिल्मको जारी क्यारेक्टर पोस्टरमा संयम पुरी र निशा अधिकारी फिचरिङ छन् । यी दुबैजनाले फिल्मभित्र स्त्रिmन सेयर गरेका छन् । सलोन बस्नेत, आस्मा डीसी र सुनिल रावलको मुख्य भूमिका फिल्ममा छ ।

चलचित्रमा टीनएज लभस्टोरी छ । केही बलिउड सिनेमा र झन्डै ८ नेपाली फिल्ममा सम्पादनको अनुभव बटुलेका डेब्यु निर्देशक सुरेनद्र पौडेलले अन्य टीनएज लभस्टोरीभन्दा आभाषलाई भिन्न भएको बताए ।

Aavash-3

गोबिन्द शाही, पवन श्रेष्ठ र दीपक शाही निर्मित फिल्ममा सुजेन्द्र डी कार्की, छेतेन गुरुङ, प्रकाश नेपाली र निर्देशक पौडेलको संगीत तथा सम्पादन छ । पुरुषोत्तम प्रधानको क्यामेरा, गम्भिर विष्टको नृत्य, चन्द्र पन्तको द्वन्द्व छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu