एजेन्सी । केहि दिन अगाडी मात्र श्रीमती सुजैन खान सगँ औपचारिक रुपमा आफ्नो वैवाहिक जीवनको अन्त्य गरे पछि एक्लै भएका ऋतिक रोशन सगँ अहिले विभिन्न युवतीहरुको नाम जोडिरहेको अवस्थामा फेरी बलिउडकै एक नायिकाले ऋतिक रोशन आफु डेटिङ्ग गर्न चाहेको संकेत दिएकी छिन् ।
भारतीय सञ्चामाध्यमका अनुसार बलिउड अभिनेत्री आलिया भट्ट ऋतिक रोशन एक्लै भए सगै निकै प्रभावित हुदैं गएको बताएकी छिन् । एक सञ्चारमाध्यममा उनले दिएको अन्तरर्वाता पछि आलियाको अभिव्यक्तिले यति बेला बलिउड तातेको छ ।
‘तपाई बलिउड अभिनेता ऋतिक रोशनसँग डेटिङ्ग गर्न चाहानु हुन्छ ?’ भन्ने एक भारतिय सञ्चारमाध्यमले सोधेको प्रश्नमा आलिया भट्टले ऋतिक रोशन यदि एक्लै भए आफु तयार रहेको खुलासा गरेकी छिन् । यस कुरावाट आलिया ऋतिक सिंगल हुनुको प्रतिक्षामा रहेको र ऋतिकसँग खुलेर रोमान्स गर्ने अनुमान गर्न सकिन्छ ।