सलमान खान आफ्नी बहिनी अर्पिताको विवाहमा कुनै कमी चाहँदैनन् । प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुख्य अतिथिको रुपमा निमन्त्रणा गर्ने तयारीमा जुटेको खान परिवारले २ करोड भारतीय रुपैयाँ (३ करोड २ लाख नेपाली रुपैयाँ) मा होटल समेत बुकिङ गरिसकेको छ ।
सलमानकी बहिनी अर्पिताको विवाह यही नोभेम्वर १६ तारिखमा हुनेछ । सलमान खान र उनका पिता सलीम खानसँग मोदीको पूरानो दोस्ती रहेकाले मोदीले खान परिवारको निम्तो स्वीकार्ने अनुमान गरिएको छ । सलमानले हालै हैदरावादको होटल ‘फलकनुमा प्यालेस’ दुई दिनका लागि बुकिङ गराएका छन् ।
करिब २५० जना अथितिका लागि पूरै होटल बुकिङ गरिएको हो । यस होटलको एक दिनको बुकिङ शुल्क १ करोड भारतीय रुपैयाँ रहेको छ । खानपान र साजसज्जामा पनि लाखौं खर्च हुनेछ । बाहिरी व्यक्तिहरुको आवागमन हुन नदिन पूरै होटल बुकिङ गरिएको हो । होटल परिषरमा रहेका क्याफे, रेस्टुराँसमेत सलमानले दुई दिनका लागि बुक गरेका छन् ।