४५ औं दिनमा सकियो बागमती, माघे संक्रान्तिमा प्रदर्शन हुन सक्ने



bagmati

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र ‘बागमती’ले ४५ औं दिनमा आफ्नो सम्पुर्ण छायांकन समाप्त गरेको छ । शनीवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको छायांकन ४५ औं दिनमा सकिएको खुसी बाडेको थियो । निकै ठुलो बजेटमा निर्माण भएको बताइएको चलचित्र बागमती एउटा मनोरञ्जनात्मक चलचित्र रहेको निर्माणपक्षले दाबी गरेको छ ।

चलचित्रका निर्देशक देखी प्राविधिक समेत दक्षिण भारतबाट ल्याइएका कारण चलचित्रको लगानी निकै ठुलो रहेको चलचित्रकी निर्मात्री यशोधा राईले बताइन् । बजारमा चलचित्र बागमती एउटा डकुमेन्ट्री फिल्म रहेको बजारमा हल्ला भएता पनि वास्तवमा चलचित्र डकुमेन्ट्री नभएको निमात्री राईले बताइन् । चलचित्रको कथा वस्तु पवित्र भएका कारण नै चलचित्रको नाम बागमती दी रिभ्युलेशनरी रहन पुगेको चलचित्रका निर्देशक सन्नीले बताए ।

कार्यक्रममा बोल्दै चलचित्रका नायक राजेश हमालले चलचित्र आफुले सोचेको भन्दा पनि राम्रो भएका कारण चलचित्र बागमतीले बागमती जस्तै पवित्र कथा बोकेको बताए । ‘हामीहरुले राम्रो काम गरेका छौं अब पालो दर्शकको’ हमालले भने । त्यस्तै कार्यक्रममा चलचित्रकी नायिका केकी अधिकारीले चलचित्र बागमतीमा आफु एउटा भिन्दै पात्रको रुपमा देखिएको बताउदै चलचित्रले दर्शकहरुको मन छुने बताइन् । बागमती जस्तै चलचित्रको कथा पनि रहेका कारण बागमती चलचित्रमा आफु महानायक राजेश हमाल सगँ अभिनय गर्न पाउदाँ निकै खुसी रहेको पनि बताइन् ।

ट्रि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र बागमतीको पोष्ट प्रोडक्सनको काम पनि दक्षिण भारतको चेन्नाई स्थित सिने सर्भिसको जेमिनी स्टूडियोमा हुने बताइएको छ । चलचित्रका अर्की निमात्री आयुष दर्शनधारीका अनुसार चलचित्र बागमती बनाउनुको उद्येश्य नेपाली चलचित्रको स्तर वृद्धि र सिने उद्योगलाई अन्तराष्ट्रिय स्तरमा पुराउनु रहेको बताइन् । चलचित्रलाई माघे संक्रान्ति सम्म प्रदर्शन गर्न सकिने बताइएको छ ।

चलचित्र युनिटले शनीवार चलचित्र बागमतीको प्रिमियर गरेका दिन चलचित्र पत्रकार संघ, पत्रकार कल्याणकारी कोषमा ३०,१११ रुपैयाँ दिने समेत घोषण गरेको छ । चलचित्रमा राजकुमार उप्रतीको द्वन्द्व, विजय सत्याल र विम्ब अधिकारीको कथा रहेको चलचित्र बागमतीमा राजेश हमाल, शिव श्रेष्ठ, दयाहाङ राई, कञ्चन ठकुरी, केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu