भयमुक्त समाजको निर्माणको लागि ‘रक्तभोग’, छायांकन अन्तिम चरणमा



raktabhog

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चितवनको माडीमा बोक्सीको आरोप लगाउर्दै करिब दुई बर्ष अगाडी ज्युदै जलाइएकी महिला ढेगनीदेवीको जीवनमा आधारित भएर निर्माण भइरहेको चलचित्र रक्तभोगको छायांकन अन्तिम चरणमा पुगेको छ । चितवनको माडीमा छायांकन भइरहेको चलचित्र रक्तभोगको करिब ८० प्रतिशत छायांकन सकिएको चलचित्रका कार्यकारी निर्माता कृष्णराज तिवारीले बताए । अब चितवनको माडीमा सबै छायांकन सकाएर बाँकी अब काठमाडौंमा चलचित्रको छायांकन गरिने निर्माता तिवारीले बताए ।

समाजमा घटिरहेका यथार्थ घटनामा आधारित भएर चलचित्र निर्माण गरेका कारण चलचित्रले आम दर्शकको मनमुटु छुने निर्देशक विवि फुयालले बताएका छन् । चलचित्रले नेपाली समाजमा केहि परिवर्तन र केहि सन्देश दिने बताउँदै चलचित्र रक्तभोग वास्तविक घटनामा आधारित भएर निर्माण भएका कारण चलचित्र अरु चलचित्र भन्दा पृथक रहेको निर्देशक फुयालले बताए ।

त्यस्तै चलचित्रका छायांकार पवन गौतमले हाल नेपाली समाजमा घटिरहेका घटनालाई चलचित्र रकतभोगले उठाउन खोजेको बताउँदै गौतमले चलचित्रले नेपालीसमाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । अन्धविस्वास, विकृति, कुरीतिलाई अंगालेर बसेका मानिसहरुको विकृति मानसिकतालाई चिरफार गरी समाजिक चेतना जगाउदै शान्ति, सभ्य, सम्वृद्ध अनी भयमुक्त समाजको निर्माण गर्नु चलचित्रको प्रमुख लक्ष्य रहेको चलचित्रका कार्यकारी निर्माता कृष्णराज तिवारीले बताए ।

त्यस्तै चलचित्रकी नायिका सारिका घिमिरेले आफुले अभिनय गरेको चलचित्रहरु भन्दा चलचित्र रक्तभोग पृथक रहेको बताउँदै उक्त चलचित्रले नेपाली समाजमा राम्रो सन्देश दिने बताइन् । यो चलचित्र प्रत्येक मानिसलले हेर्नु पर्ने बनेको बताउँदै नायिका घिमिरेले चलचित्र रक्तभोगले बाल मनोवैज्ञानिक असरलाई पनि देखाएको बताइन् ।

चलचित्रको बाँकी छायांकन काठमाडौंमा हुने चलचित्र युनिटले बताएको छ । चलचित्रमा सारिका घिमिरे, शैलेस पौडेल, कृष्णराज तिवारी, ज्योति सापकोटा, रचना पौडेल, रामचन्द्र लम्साल, रवि खनाल, पोद राज पौडेल आदीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu