धान काट्न छोडेर पाँडे, जिग्री र बलेले पनि ‘श्री ५ अम्बरे’ हेर्दै (भिडियो)



PADE

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मंसिर ५ गते प्रर्दशनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘श्री ५ अम्बरे’ले आफ्नो प्रचार-प्रसार लाई आक्रामक बनाउँदै लगेको छ । चलचित्रको ‘जब सपनीमा’ बोलको गीतले बजार तताउँदै गर्दा आएको ट्रेलरले पनि धमाका मच्चाएको छ ।

प्रचा-प्रसारको अन्य सामाग्री संगै श्री ५ अम्बरे यूनिटले टेलिभिजनको लागी चर्चित टेलिश्रृंखला भद्रगोलका कलाकारहरुलाई लिएर टिभीसी तयार पारेको छ । ‘हामी नेपाली चलचित्र प्रेमी समक्ष श्री ५ अम्बरे आउदैछ भन्ने जानकारी देशको कुना कुनामा पुर्याउन चाहन्छौ । त्यसैले चर्चित कलाकार लाई लिएर टिभीसी तयार पारेका छौँ’ निर्माता टि.एन. आचार्यले बताए ।

जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राइ , मार्टिन खान, राज गोदाइली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ । चलचित्रको सम्पुर्ण पोष्ट प्रोडक्सनको कार्य लगभग सकिएको छ ।

यस चलचित्रमा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत गरेका छन् । चलचित्रको गीतलाइ शिव परियार, यम बुद्ध, मिलन अमात्य, सनुप पौडेल आदीले स्वर भरेका छन् । चलचित्रमा पाश्र्व संगित विनोद कुमार भुजेलको रहेको छ भने विनय अधिकारीले साउण्ड डिजाइन गरेका छन् ।

चन्दन दत्तको सम्पादन रहेको चलचित्रलाइ गणेश श्रेष्ठले छायाँकन गरेका हुन् । टि. एन. आचार्य र दिपक आचार्य निर्माता रहेको उक्त चलचित्रलाई डिजिटल सिनेमा नेपालले वितरणको जिम्मा लिएको छ ।

हेर्नुहोस् टिभिसीः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu