अनामनगरको पेटीमा ‘टुल्के’को ब्यानर बोकेर कता हिँडे निर्माता ? (भिडियो)



rabindra-singh

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
कार्तिक १४ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र टलकजंग भर्सेस टुल्केको ओएसटी रिलिज भएको छ । यम वुद्धको अवाजमा रहेको ‘आउँदै छु म’ बोलको गीतमा चलचित्रका कलाकार देखी निर्माता, निर्देशक, लेखकलाई देखाइएको छ ।

फरक शैलीको ओएसटीमा ‘टलकजंग भर्सेस टुल्के’को प्रचार-प्रसारमा प्रयोग हुने गरेको ब्यानरलाई देखाइएको छ । चलचित्रका निर्माता तथा कलाकार रबिन्द्र सिंह बानिया अनामनगरको सडकपेटीमा ब्यानर बोकेर प्रचारमा हिडेको ओएसटीमा देखाईएको छ । सफल चलचित्र ‘लुट’ का निर्देशक निश्चल बस्नेतले टलकजंग भर्सेस टुल्केलाई निर्देशन गरेका हुन् । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि ‘टुल्के’को चर्चा बढिरहेको छ ।

‘लुट’ भन्दा पृथक पृष्ठभुमिको कथा टुल्केमा भएकाले दर्शकलाई टुल्केले भिन्नै मज्जा दिने निर्देशक बस्नेत बताउँछन् । ‘टलकजंग भर्सेस टुल्के’मा खगेन्द्र लामिछाने, ऋचा शर्मा, दयाहाङ राई, शुसांक मैनाली, रजनी गुरुङ, प्रकास घिमिरे, राज थापा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । यो चलचित्र षटकोण आर्टस् र ब्ल्याकहर्स पिक्चर्सको संयुक्त ब्यानरमा बनेको हो ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu