पोखराकी रजनी टुल्केकी भट्टी साहुनी !



rajani-1

अपिल त्रिपाठी, पोखरा ।
पोखरामा रहेर गुरुङ फिल्महरुमा अभिनय गरीरहेकी रजनी गुरुङले लुट जस्तो सफल फिल्मका निर्देशक निश्चल बस्नेतको फिल्ममा काम गर्न पाउछु भनेर कल्पना सम्म पनि गरेकी थिइनन् । तर उनले नगरेको कल्पना वास्तबिकता भएको छ । नौ वटा गुरुङ फिल्म, आधा दर्जन म्युजिक भिडीयो र केही विज्ञापनमा काम गरेकी रजनीले कार्तीक १४ देखि प्रदर्शनमा आउन लागेको फिल्म टलकजंग भर्सेस टुल्केमा अभिनय गरेकी छिन् ।

उनको क्यारेक्टरलाई भने गोप्य राखिएको छ । पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत २३ बषिर्य रजनी भन्छीन, “निश्चल बस्नेतसँग त काठमाण्डौका सबैजसो कलाकार काम गर्न चाहन्छन्, म निश्चल दाईको फिल्म खेल्छु भनेर त कहिल्यै सोचेकै थिइन ।”

टलकजंग भर्सेस टुल्के निर्माणको क्रममा हुँदा एउटा कलाकार छनौट गर्न फिल्मका निर्माता रबिन्द्र सिंह बानिया पोखरा आउदा रजनीसँग उनको भेट भयो । फिल्मको लागी एउटा गुरुङ लुक्सको क्यारेक्टर चाहिएको रहेछ । लेकसाइडमा अडिसन लिएर रबिन्द्रले अडिसनको फुटेज लगेर निर्देशक निश्चल बस्नेतलाई देखाएपछि लगभग रजनीको कुरा पक्का भयो । पछी रजनी लाई काठमाण्डौ बोलाइयो । लामो समयको वर्कशप पछी फिल्मको सुटिङ सुरु भयो – कास्कीको धितालमा ।

rajani-2

रजनी भन्छीन्, ‘उहाँहरुको काम गराई एकदमै प्रोफेशनल हुँदो रहेछ । उहाँहरुसँग काम गर्दा बल्ल मलाई काम नै गरेको जस्तो लाग्यो । पोखराको कलाकार भनेर कसैले पनि होच्याउनुभएन । निश्चल दाईले कलाकारबाट म के निकाल्न सक्छु भन्दा पनि कलाकारले मलाई के दिन सक्छन भन्ने सोच अनुसार काम गराउनुहुन्थ्यो” उनि भन्छिन्, “सानो कुरामा पनि कती धेरै ध्यान दिने, तर एकदमै सहज र सरल मान्छे ।”

आफ्नो क्यारेक्टरबारे खुलाउन चाहीँ रजनीलाई निर्माण पक्षको अनुमती रहेनछ । तर अल्लि फोर्स गरेपछि रजनीले केही कुरा खोलीन । भनिन्, “श्रीमानले छोडेको एकल महिलाको भुमिका छ, गाँउमा मेरो भट्टी पसल हुन्छ, यहाँ भन्दा बढि नभनौ, फेरी दाईहरुले गाली गर्नुहुन्छ ।”

फिल्मको डबिङ्का बेलामा फिल्म हेरेपछी रजनी थप उत्साहित भएकी छिन् । “डबिङ गर्न गएको म त हाँस्दा-हाँस्दा …..!!! फिल्म अति नै रमाइलो बनेको छ, पक्का हिट हुन्छ ।”

अब रजनीलाई काठमाण्डौकै ठुला फिल्ममा काम गर्न मन लागेको छ । केही फिल्ममा कुरा पनि चलिरहेको छ रे । तर पनि गुरुङ फिल्म खेल्न चाही नछाड्ने उनको योजना छ । काठमाण्डौका फिल्ममा जनजाती कलाकारले कम स्थान पाउने कुरा उनलाई थाहा छ, तर पनि फिल्ममेकरले अनुहार भन्दा अभिनय र स्कृप्ट अनुसारको क्यारेक्टर छनौट गनुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu