इन्फा अवार्डमा ‘नाइँ नभन्नु ल २’लाई अवार्डको ओईरो



naiठुलोपर्दा डटकम, काठमाण्डौ ।
यसै साता हङकङमा नेफ्टा अवार्ड सम्पन्न भएको थियो । त्यस लगत्तै इन्टरनेशल नेपाली फिल्म एकेडमीको आयोजनमा पहिलोपटक हङकङमा ‘इन्फा अवार्ड’ सम्पन्न भएको छ । आइतवार साँझ भएकोअवार्डमा चलचित्र ‘नाईँ नभन्नू ल २’ले बर्चश्व कायम गरेको छ ।

नाईँ नभन्नु ल २ ले कुल ८ विधामा अवार्ड हात पारेको छ । यन लङ थियटर हलमा उपप्रधानमन्त्री एवं स्थानीय विकाशमन्त्री प्रकाशमानसिंहले अवार्ड वितरण गरेका थिए । इन्फा अवार्डले नेपाली फिल्म क्षेत्रमा बिशेष योगदान पुर्‍याएवापत निर्माता उद्धव पौडेललाई पाँच लाख रुपैयाँसहित लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ । त्यस्तै शिव श्रेष्ठ (सर्वश्रेष्ठ नायक), भुवन केसी (अभिनय तारा), विजय लामा (सुपर हिरो), गौरी मल्ल (कला प्रतिमूर्ति) साथै स्पेसल रिकग्निसन अवार्ड-अविनाश गुरुङलाई प्रदान गरियो ।

सगरमाथा आरोहरण गरेका निशा अधिकारी र अर्जुन कार्कीलाई विशेष सम्मान प्रदान गरियो । कार्यक्रममा अनुपविक्रम शाही, मलिना जोशी, माला लिम्बु, नन्दिता केसी लगायतका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए भने सीताराम कट्टेल र कुञ्जना घिमिरेले हाँस्य प्रस्तुत, सञ्जीव लामाले गीत र माल्भिका सुब्बाले कार्यक्रम उदघोषण गरेका थिए ।

क-कसले लगे इन्फा अवार्ड ?
उत्कृष्ट फिल्मः नाइँ नभन्नू ल-२
निर्देशकः विकास आचार्य, नाइँ नभन्नू ल-२
अभिनेताः आर्यन सिग्देल, महसुस
अभिनेत्रीः नम्रता श्रेष्ठ, मौन
पटकथाः सुरज सुब्बा नाल्बो, बितेका पल
कथाः नवीन गौली, सुरज भुसाल, मौन
सहअभिनेताः सुरजसिंह ठकुरी, नाइँ नभन्नू ल-२
सहअभिनेत्रीः प्रियंका कार्की, नाइँ नभन्नू ल-२
खलअभिनयः झरना थापा, कोही त छ
हाँस्यअभिनयः सीताराम कट्टेल, ६ एकान ६
संगीतकारः वसन्त सापकोटा, नाइँ नभन्नू ल-२
गीतकार: कृष्णहरि बराल, नाइँ नभन्नू ल-२
गायक: प्रेम परियार, नाइँ नभन्नू ल-२
गायिका : मिलन अमात्य, काली
नृत्य : कविराज गहतराज, काली
नवअभिनेता : अनमोल केसी, होस्टेल
नवअभिनेत्री : सुजाता कोइराला, मञ्जरी
छायांकन : पुरुषोत्तम प्रधान, ढुवानी
सम्पादन : अनन्जय खड्का, साँघुरो
द्वन्द्व निर्देशन : राजेन्द्र खड्गी, नथिङ इम्पोसिबल
फ्रेस फेस अवार्ड : मलिना जोशी, ऋतु
मस्ट पपुलर एक्टर : दयाहाङ राई
मस्ट पपुलर एक्ट्रेस : प्रियंका कार्की
उत्कृष्ट कथाकार : विकाश आचार्य

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu