पत्रकार माझ देखाइयो लज्जा, तारिफमय भयो प्रेस शो



lazza-press

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र हलहरुमा राम्रो दर्शक भित्रिरहेको बेला सोमवार ‘लज्जा’ युनिटले सञ्चारकर्मीलाई चलचित्र देखाएको छ । चलचित्रका सदस्यहरु निर्देशक नवल नेपाल, नायक आर्यन सिग्देल, नायिका शिल्पा पोखरेल, निर्माता छविराज ओझा लगायत सहभागी भएको उक्त प्रेस शो हेरेपछि सबैले चलचित्रको तारिफ गरेका थिए ।

नारी बिषयवस्तुमा निर्माण भएको चलचित्र लज्जामा शिल्पा पोखरेल, आर्यन सिग्देल, मिथिला शर्मा, किरण केसी, हिउवाला गौतम, कमलमणि नेपाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

छविराज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र लज्जाको कथा वस्तुलाई चलचित्र हेर्न आएका दर्शकले मन पराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu