दुई हट हिरोइनका अघि आर्यन र ध्रुवको के राम्रो ? (भिडियो)



aabeg-song

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फागुन १५ गते देखी अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘आवेग’को पहिलो गीत रिलिज भएको छ । ‘सोल्टीले नाचेको लास्ट राम्रो’ नामक बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको हो ।

यस गीतमा टंक बुढाथोकीको संगीत तथा सूर्य कार्कीका शब्द रहेका छन् । संगीतकार बुढाथोकी र मनिषा पोख्रेलले स्वर दिएका छन् । गीतमा अर्चना डेलाला, पवित्रा आचार्य तथा नायक आर्यन सिग्देल र ध्रुव दत्त देखिएका छन् ।

सूर्य कार्कीको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘आवेग’लाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । आर्यन सिग्देल, ध्रुव दत्त, पवित्रा आचार्य र अर्चना डेलाला लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ । आर्यन पहिलो पटक निकै खतरनाक एक्शन भुमिकामा देखिने बताईएको छ ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu