पलपल तड्पिएर बाँचे निर्देशक नारायण पुरी !



narayan-puri

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली चलचित्रमा ‘आगो’ जस्तो अमिट चलचित्रका निर्देशक नारायण पुरी अब कलाकारको रुपमा चलचित्रमा देखिँदैछन् । कार्तिक १४ गतेबाट देशव्यापी रिलिज हुने चलचित्र ‘एउटा साथी’मा उनि बिशेष भूमिकामा देखा पर्नेछन् ।

उनले हालै डबिङ् सकेका छन् । डबिङ्को क्रममा चलचित्रको भित्रको एक दृश्यमा उनले भन्दै थिए -‘यो शहरमा म पलपल तड्पिँदै बाँचे, मात्र तेरो अनुहार हेरेर’ । उनले यो संवाद कुन प्रसंग र कसको अगाडी बोले त्यो भने चलचित्र हेरेपछि मात्र थाहा हुनेछ ।

पुरी मात्र होइन अर्का निर्देशक शोभित बस्नेत समेत यो चलचित्रमा बिशेष भूमिकामा छन् । बस्नेतका छोरा सलोन ‘एउटा साथी’का मुख्य कलाकार हुन् । सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्देशनमा बनेको यस चलचित्रमा सलोन सहित अनु शाह, रिश्ता बस्नेत, जोन तामाङ, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu