सुरु भयो सलोनको ‘झिल्के’



salon

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
निर्देशक शोभित बस्नेतलले निर्देशन गर्ने पछिल्लो चलचित्र झिल्केको छायांकन सुरु भएको छ । लक्ष्मी पुजाको दिनबाट छायांकन आरम्भ गरिएको चलचित्र झिल्के सलोन फिल्म्सको ब्यानरमा निर्माण भइरहेको च ।

झिल्केमा सलोन बस्नेत, करिश्मा श्रेष्ठ, गौरी मल्ल, बिजय लामा, कविता घिसिङ्ग, भानु प्रताप, एलिना लगायतको कलाकारको मुख्य अभिनय रहने छ । काठमाण्डौ, बिरगंज, लम्जुङ्गको घलेगाउँ लगाएतका ठाँउमा छायांकन हुनेझिल्केमा निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेत मुख्य भुमिकमा देखिदै छन् ।

चलचित्रमा रामजी लामिछानेको नूत्य, टंक बुढाथोकिको संगीत, कृष्ण श्रेष्ठको छायांकन, अस्ट महर्जनको द्वन्द्व रहने छ यो चलचित्र ३० दिनको छायांकन पश्चात फागुनमा रिलिज गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu