कस्को मान्छे बन्दैछन् अनिल ?



Anil-Adhikariठुलोपर्दा डटकम, काठमाण्डौ ।
[dropcap]‘भे[/dropcap]टी’ र ‘लफडा’ चलचित्र निर्माण गरिसकेका नारायण खतिवडाले अर्को चलचित्र ‘मेरो मान्छे’ निर्माण गर्न लागेका छन् । वास्तविक माया र प्रेम हराउँदै गएको समयमा मायामा के-के हुनसक्छ भन्ने कथा यो चलचित्रले बोल्ने बताईन्छ ।

राज सरगमले निर्देशन गर्ने यसै चलचित्रबाट अनिल अधिकारी नायकको रुपमा भित्रिदै छन् । अनिलले यस अगाडी भन्दा आधा दर्जन बढि म्युजिक भिडियोमा काम गरेका छन् । ‘मेरो मान्छे’मा उनि दुई नायक मध्ये एक नायकको भूमिकामा रहनेछन् । गीतका भिडियोमा गरेको अभिनय बाट सिकेको कलालाई चलचित्रको लागि खर्चिने अधिकारीले बताए ।

चलचित्रका अर्का नायक दिपक ढकाल हुन् । सगुन शाही, स्मिता थपलिया, रमेश लोहनी, सुरविर पण्डित, गणेश उप्रेती लगायत अन्य कलाकारहरुको अभिनय यस चलचित्रमा रहनेछ ।

नेपाली रजतपटमा दुई वटा चलचित्र भित्र्याए पनि सफल हुन नसकेका निर्माता खतिवडा यस चलचित्रबाट भने पुर्ण आशावादी छन् । चलचित्रको छायाङ्कन भने चितवन, पोखरा, इलाम लगायत स्थानमा हुने बताइएको छ । यो चलचित्रका गीतमा अर्जुन पोखरेलले सङ्गीत दिनेछन् भने दीपक लिम्बू, माण्डवी त्रिपाठी, अन्जु पन्त, प्रमोद खरेल लगायतको स्वर रहने छ ।

हाल चलचित्रको गीत रेकर्डिङ्गमा व्यस्त चलचित्र युनिट कार्तिक ११ बाट फ्लोरमा जाने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu