रिलिज भयो ‘स्टुपिड मन’, सँगै छ ‘लज्जा’



lazza-and-stupid-mann

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली चलचित्रनगरिमा एकै मितिमा धेरै चलचित्र प्रदर्शनमा आउने परिपाटी बनिसकेको छ । एकै मितिमा दुई चलचित्र प्रदर्शनमा आइदिँदा चलचित्रको भने जस्तो व्यापार हुन सकेको छैन् भने दर्शकले पनि कुन चलचित्र राम्रो भनी छुट्याउन सकेका छैन् । त्यहि क्रममा आजबाट अलनेपाल दुई चलचित्र एक साथ प्रदर्शनमा आएका छन् ।

नायक निरज बरालको ‘स्टूपिड मन’ र छवि ओझाको ‘लज्जा’ यो साता आएका छन् । साथमा वलिउड चलचित्र ‘ह्याप्पी न्यू ईयर’ पनि नेपालमा रिलिज भएको छ ।

दिवाकर भट्टराइले निर्देशन गरेको ‘स्टुपिड मन’लाई निरज बराल र विवेक शाहीले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा जीवन लुइँटेल, निरज बराल, चाँदनी शर्मा, रिजु श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा संगीत अर्जुन पोख्रेल, छायांकन संजय लामा तथा सम्पादन दिर्घ खड्काको रहेको छ ।

चलचित्रको ‘तिम्रो आँखामा आशु हेरी हाँस्ने दिन नआओस’ तथा ‘एउटा सानो घर बसाउँ भन्छ’ बोलका गीत चर्चामा छन् । यो चलचित्रको सम्पूर्ण छायांकन थाइल्याण्डमा गरिएको छ ।

छविराज प्रोडक्सनको ब्यानरमा नवल नेपालको निर्देशनमा निर्माण भएको चलचित्र ‘लज्जा’मा आर्यन सिग्देल र शिल्पा पोखरेलले मुख्य भूमिकामा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu