प्रधानमन्त्रीको दैलोमा ‘श्री ५’को देउसी भैलो (भिडियो सहित)



ambare-1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मंसिर पाँच गते रिलिज हुने नेपाली चलचित्र ‘श्री ५ अम्बरे’ युनिट देउसी खेल्न प्रधामन्त्री सुशील कोइरालवा निवास वालुवाटरमा पुगेको छ । लक्ष्मीपूजाको अवसरमा बिहीबार साँझ प्रधानमन्त्री निवासमा देउसी खेलेको हो ।

अम्बरेको टोलीले देउसी खेल्दै गर्दा प्रधामन्त्री कोइराला हेर्दै मुस्कुराइरहेका थिए । देउसी टोलीमा निर्देशक दिपा बस्नेत, कलाकार तथा निर्माता टिएन आचार्य र दीपक आचार्य सहित थिए तर मुख्य कलाकारहरु केकी अधिकारी र सौगात मल्ल भने पुगेका थिएनन् । पटक-पटक खबर गर्दा पनि उनिहरु नआएको निर्देशक दिपाले बताईन् ।

ambare-2

प्रधानमन्त्री कोइरालाले निर्देशक बस्नेतको हातमा खामबन्दी गरी दक्षिणा दिए । बस्नेतले प्रधानमन्त्री कोइरालालाई मायाको चिनो स्वरूप ‘श्री ५ अम्बरे’ लेखेको टिसर्ट दिएकी दिईन् । समाजमा आफुलाई राज ठान्ने व्यक्तिको कथामा आधारित चलचित्र भएकोले एक जना व्यक्तिलाई उक्त कार्यक्रममा राजाको स्वरूपमा प्रस्तुत गरिएको थियो ।

फिल्मको प्रचारका लागि युनिटले आज गोबर्धन पूजाको दिनमा पनि विभिन्न पार्टीका शीर्ष नेता तथा संघ संस्थाका प्रतिनिधिको निवासमा समेत देउसी भैलो खेल्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu