बिहेपछि अर्कैसँग प्रेम गरेका दिक्पालको यस्तो हालत (भिडियो)



dikpa;

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
१२ बर्ष पछि निर्देशनमा फर्किएका शम्भु प्रधानले निर्देशन गरेको चलचित्र रंग बैजनीको दोस्रो अफिसियल ट्रेलर रिलिज भएको छ । युटुब मार्फत सार्वजनिक प्रोमो ३० सेकेन्ड लामो छ ।

ट्रेलरमा चलचित्रका दुई हिरोइन गरिमा पन्त, सुमिना घिमिरे र नायक दिक्पाल कार्कीलाई देख्न सकिन्छ । ट्रेलरमा नायिका गरिमा पन्त र सुमिना घिमिरेको बेजोड टक्कर सार्वजनिक ट्रेलरमा देखिएको छ । मंसिर १९ गते देशभर प्रदर्शन हुन लागेको चलचित्र रंग बैजनी राम्रो बनेको भन्दै निर्देशक शम्भु प्रधानलले चलचित्रले नेपाली समाजलाई राम्रो सन्देश दिने पनि बताए ।

पारिवारिक प्रेम कथामा चलचित्र बनेका कारण चलचित्र उत्कृष्ट बनेका निर्देशक प्रधानले दावी गरेका छन् । चलचित्रमा नायिका सुमिना घिमिरे, गरिमा पन्त र नायक दिक्पाल कार्कीको त्रिकोणात्मक प्रेमलाई देखाउन खोजिएको छ । चलचित्रलाई नुतन प्रधानले निर्माण गरेकी हुन् । नुतन शम्भु प्रधानका श्रीमती हुन् । चलचित्रलाई निर्देशक प्रधानका छोरा सशांकले खिचेका हुन् ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu