गजितका बाबु-छोरीको यो कस्तो प्रेम ? (भिडियो)



love-u-baba

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मंसिर २६ गते अलनेपाल रिलिजको तयारीमा रहेको ८ बर्षिय बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र ‘लव यू बाबा’को शीर्ष गीत रिलिज भएको छ । कृष्ण काफ्ले र आयुष्मा नकर्मीको स्वरमा सजिएको उक्त गीतमा दिपक शर्माले संगीत लिएको छन् ।

सार्वजनिक गीतमा बाबु-छोरी गजित विष्ट र संगम बिष्टको प्रेमलाई देखाउन खोजिएको छ । गीतमा हेर्दा सजिलै अनुमान लगाउन सकिन्छ कि एउटा बुबा र छोरीको कथालाई चलचित्रले उठाउन खोजेको छ । चलचित्रलाई कोरियोग्राफर गम्भिर बिष्टले लेखेका हुन् ।

‘लव यू बाबा’मा आमाविहीन १० वर्षीया बालिकालाई हुर्काउन एउटा बुबाले गरेको संघर्षको कथालाई प्रस्तुत गरिएको बताईएको छ । फिल्ममा गजित र संगमको साथमा निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट, निर्मल शर्मा, अनमोल अग्रवाल लगायतले अभिनय गरेका छन् ।

दिव्यराज सुवेदीको छायांकन रहेको चलचित्रमामा सत्य–स्वरुप आचार्य, डेनी निरौला, दीपक शर्मा र प्रदिप बास्तोलाको संगीत तथा चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ । यो फिल्मलाई सम्झना पोखरेल र रोशनी बज्राचार्यले मिलेर निर्माण गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu